#
गृह पृष्ठ कला साहित्य यही पौष २० गते पर्बत को मुडिकुवामा तीन कवि गुन्जिने !

यही पौष २० गते पर्बत को मुडिकुवामा तीन कवि गुन्जिने !

पर्बत – फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा तीन कविहरु कविता मार्फत गुंजिने भएका छन् । श्री माटे देवल जनसहयोगी उच्च मावी मुडिकुवामा गठन भएको अनेरास्ववियू प्रारम्भिक कमिटीले यस्तो अवसर जुराएको हो । “पलेटीमा तीन कवि” नाम दिइएको यस साहित्यिक कार्यक्रममा फलेवास नगरपालिकाभित्र रहेर साहित्यमा निरन्तर कलम चलाउने तीन कविले आफ्ना कविताहरु वाचन गर्नेछन् । तीन कविहरुमा क्रमशः बैकुण्ठ भुसाल, रुद्र दुर्लभ र घायलश्री रहेका छन् । भुसाल प्राध्यापन पेसा छाडेर हाल सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ब्यक्ति हुन् जसले दुई दसकदेखि निरन्तर साहित्यमा कलम चलाइरहेका छन् । दुर्लभको पूरा नाम रुद्र सापकोटा हो । हाल फलेवास नगरपालिकाको स्वास्थ्य प्रमुख रहेका दुर्लभ पेसाले स्वास्थ्यकर्मी भएपनि दुई दसकदेखि विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थामा आवद्ध छन् । त्यसैगरी घायलश्रीको उपनामले आफूलाई चिनाउन चाहाने लोकनाथ भुसाल पत्रकारितामा रुचि राख्छन् भने विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थाहरुको नेतृत्व गरिरहेका छन् । पर्वतको मुडिकुवामा फरक खाले साहित्यिक कार्यक्रम गरेर साहित्यमा निरन्तर कलम चलाउने कविहरुलाई प्रोत्साहन गर्न खोजिएको अनेरास्ववियू प्रारम्भिक कमिटीकी अध्यक्ष सूचना सुवेदीले बताउनु भयो । सुवेदीले भन्नुभयो “साहित्यमा निकै पछाडि रहेको हाम्रो क्षेत्रलाई साहित्यिक कार्यक्रम गरेर साहित्यिक माहोल सिर्जना गर्न चाहान्छौं जसले गर्दा साहित्यमा रुचि राख्नेहरुको आत्मबल बढोस् ।” पहिलोपटक आफूहरुले साहित्यिक कार्यक्रम गर्ने प्रयास गरेको र फरकफरक समयमा फरकफरक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिटीकी सचिव रोजिना तिवारीले बताउनु भयो । “पलेटीमा तीन कवि” कार्यक्रम श्री माटे देवल जनसहयोगी उच्च माविको प्राङ्गणमा यही पौष २० गते मंगलबारका दिन दिनको २ बजेबाट शुरु हुनेछ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...