बागलुङ –बागलुङ नगरपालिका १२ अमलाचौर गिठे स्थायी घर भएर हाल भारतको हैदराबादलाई कर्मथलो बनाई रहनु भएका वर्ष ४७ का श्री निल प्रसाद शर्माका दुवै मृगौला खराबी देखिएपछि मृगौला पीडित बनेका शर्माको उपचारका लागि परिवारको याचना पश्चात जापानमा रहेका मनकारी बलेवालीहरुको सामाजिक सस्था बलेवा सेवा समाज जापानले आर्थीक सहयोग गरेको छ। समाज सहित केहि सहयोगी मनहरु र बलेवा जनताधन माध्यामिक बिद्यालयमा अध्यन गरेका २०५० सालको एसएलसी ब्याजका सम्पर्क हुन सकेका भूतपूर्व बिद्यार्थी अनि निल प्रसादको जीवन सँगिनी प्रमिला शर्माका सहपाठी साथीहरुको सानो सानो सहयोगबाट सङ्कलित रकम १,६९,००६।-अक्षरुपि (एक लाख उन्सत्तरी हजार छ रुपैया) उपचाररत ब्यक्ती शर्माको खातामा जम्मा गरियको बलेवा सेवा समाज जापानका पुर्व अध्यक्ष सेबक पिसिले जानकारी दिनु भयो।
सहयोगी दाताहरुको नामावली यसप्रकार छ।

आफ्ना सहपाठी मनकारी साथीहरु र जापानबाट सहयोग गर्ने बलेवालीको छाता सॅगठन बलेवा सेवा समाज जापानमा आबद्द साथीहरु अनि अन्य सहयोगी साथीहरु सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दै पिसिले आगामी दिनमा पनि बलेवालिको हरेक दुख सुखमा यसरी नै हातेमालो गर्ने बताउनु भयो।
सेबकले सामाजिक संजालमा थप लेख्नु हुन्छ ।
सहपाठी साथी सरस्वती श्रेष्ठले शुरुमै बिरामीको खातामा रु. ५,०००/- पठाई सहयोग गर्नु भएकोमा तपॅाईलाई पनि धन्यबाद । यो रकमलाई कुल रकममा जोडेको छु । नेपालमा आफ्नो खातामा रकम सॅकलन गराउनु हुने र साथीहरुलाई सम्पर्क गरि सहयोग गर्न अनुरोध गर्ने सहपाठी साथी गुमादेबी सुबेदी पौडेललाई पनि हार्दिक धन्यबाद व्यक्त गर्दछु ।
बलेवा सेवा समाज जापानले यो भन्दा अगाडी पनि बलेवा क्षेत्रमा धेरै सामाजिक कार्यमा सहभागी हुँदै निम्न आय स्रोत भयका उपचारमा समस्या भयका बिरामिहरुलाई सहयोग गर्दै आयको छ।










































