#
गृह पृष्ठ जीवनशैली सुनसान बागलुङका घरबास! घरबास सञ्चालकहरु खेतीपातीको काममा व्यस्त

सुनसान बागलुङका घरबास! घरबास सञ्चालकहरु खेतीपातीको काममा व्यस्त

बागलुङ-बर्खालागेपछि बागलुङका घरबासहरु पाहुनाविहीन बनेका छन् । असार÷साउनमा बागलुङमा पर्यटकहरुको आगमन समेत ह्वातै घटेको छ भने घरबास सञ्चालकहर समेत खेतीपातीको काममा व्यस्त भएका छन् ।बागलुङका पर्यटकीय संभावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । वर्खामा पर्यटकहरुको आगमनमा कमी हुनु, ग्रामिण सडकहरु समस्याग्रस्त हुँनु र बाढी पहिरोका घटनामा वृद्धि भएका कारण घरबासमा कमै मात्र पर्यटकहरु पुग्न थालेका हुन् ।

महारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबासहरु कोरोनापछि राम्रै चलेको पाइएको छ । असार अछिभने जिल्लामा राम्रै नाम कमाएका घरबासहरु सुनसान छन् ।

वर्खामा घरबासमात्रै हैन जिल्लाका पर्यटकीय स्थल, तथा होटल व्यवसाय समेत सुनसान जस्तै छन् । जिल्लाको चर्चित घरबासहरु मध्येको अतिथि सत्कार घरबास भकुण्डे, किकल्टा घरबास ताराखोला, काठेखोला गाउँपालिका स्थित धम्जाको बेलढुङ्गा घरबास लगायतका घरबासहरुसमेत वर्खा लागेपछि सुनसान जस्तैछन् ।अहिले बर्खालागेपछि कमैमात्रमा घरबासमा पाहुँना आउने गरेको भन्दै भकुण्डे स्थित अथिति सत्कार घरबासका सञ्चालक अप्सरा थापाले भदौ पछि मात्रै घरबासमा आउने पर्यटकहरुको संख्यामा वृद्धि हुँने बताउनुभयो ।

“घरबास ठप्पै छ भन्न मिल्दैन फ्याट्ट फुट्ट पाहुँना आएका छन्, तर वर्खामा सडकको अवस्था नाजुक छ, हिडेर आउन समेत समस्या हुन्छ, हाम्रो घरबासमा पर्यटकहरु चैत, वैशाख र असोज, कात्तिकमा बढी आउछन्” घरबास सञ्चालक थापाले भन्नुभयो “वर्खामा घरबासका सञ्चालकहरु समेत कोदो रोप्ने चटारोमा हुन्छन्, पाहुँना आए वर्खामा समेत हामीले स्वागत गर्नेछौं, तर वर्खामा दृश्याअवलोकन समेत गर्न नपाइने भएकाले कम मात्रै भकुण्डेमा पाहुँना आउने गरेका छन् ।”

यो सयम घरबासका लागि समेत खासै राम्रो सिजन नभएको बताउदै बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा स्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीषले अब दशैं तिहारको सिजनलाई घरबासले तयारी थालेको बताउनुभयो ।

“घर बासमा पुरै अर्गानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्काउने चटारो समेत छ, बाँकोको सिन्कि बनाउने कार्य समेत भइरहेको छ” श्रीषले भन्नुभयो “दशै तिहारको सिजनमा आउने पाहुँनाहरुलाई अर्गानिक उत्पादन खुवानका लागि आजैदेखि संकलन तथा भण्डारणमा जुटेका छौ, अहिले स्थानीय खसी बोका, कुखुरा समेत तयारी गरिएको छ ।” श्रीषले पाहुँनालाई खुवाइने अर्गानिक उत्पादनमा जोड दिदै यहाँका किसानहरुले भाङ्गो, आलु र सिन्कि भण्डारण गरिरहेको बताउनुभयो । जिल्लामा रहेका २८ सामुदायिक घरबास मध्ये अधिकांश पाहुँना एक दर्जन घरबासमा पुग्ने गरेका छन् ।

भौगोलिक रुपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका घरबासहरु राम्रो संगै चल्दै आएको छ भने सञ्चालकहरुले समेत मनग्य आम्दानी गर्दै आएका छन् ।

ताराखोलाको ठूलो हिले घरबासमा जंगली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्कि बनाउने कार्य चलिरहेको छ । ताराखोलामा उत्पादन भएको जंगली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुँना पुग्ने गरेका छने भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका पालि पहुँना त्यहाँ पुग्ने गरेका छन् ।

जिल्लाको चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन घरबासहरु समेत अहिले सुस्ताएकाछन् । जिल्लाका अधिकांश घरबासका सञ्चालकहरु खेतीपातीको काममा व्यस्त हुँनेगरेका छन् । जिल्लाका २८ सामुदायिक घरबासमध्ये रेशको माहुरी झरना घरबास, अर्नाकोट घरबास, किकल्टा घरबास, तोरीखोला घरबास, तथा अतिथि सत्कार घरबासमा बढी मात्रमा पहुँनाहरु पुग्ने गरेका छन् । सबै घरबासका आफ्नो अर्गानिक स्वाद तथा कला संस्कृति रहेको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...