#
गृह पृष्ठ खेलकुद मोदीमा पाँचौं राष्ट्रपति कप र प्रथम अध्यक्ष कप प्रतियोगिता हुँदै

मोदीमा पाँचौं राष्ट्रपति कप र प्रथम अध्यक्ष कप प्रतियोगिता हुँदै

पर्वत – मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीका अनुसार आगामी मंसिर  १४ देखि १९ गते सम्म खेल संचालन हुने भएको हो । प्रथम अध्यक्ष कप भलिवल प्रतियोगितामा जिल्लाका ७ वटै पालिकाका टिमहरु सहभागि हुने छन् । गाउँपालिकाहरुको अन्तरसम्बन्ध विकास गर्ने र सक्षम खेलाडीहरु उत्पादन गर्न यो प्रतियोगिताले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद १ लाख राशिको पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुने टिमलाई ५० हजार पुरस्कार रहेको गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । यसका साथै शिल्ड, मेडल, प्रमाणपत्र र विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताईएको छ ।

यसपटक भलिबलका अतिरिक्त जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । ब्याडमिन्टन तर्फको प्रथम पुरस्कार २० हजार रुपैया रहेको छ  भने द्वितीय १० हजार र तृतीय पुरस्कार ५ हजार रहेको छ । सो अवसरमा लोक भजन, रत्यौली, लोक नृत्य, लठ्ठो तान्ने लगायतका प्रतियोगिताहरु समेत समावेश गरिएको गाउँ पालिकाले जानकारी दिएको छ ।

त्यसैगरी सोही अवधिमा विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । सो प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिबल, कपर्दी, दौड, सटपुट, ज्याब्लिन थ्रो, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, मार्सल आर्ट लगायतका स्पर्धाहरु हुने कुरा वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा मावि र निमावि तहका विद्यालयहरू सहभागी हुने छन् । टाढाबाट आउने विद्यालयका विद्यार्थीहरूको लागि यातायात खर्च समेत उपलब्ध गराइने सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले जानकारी दिनु भयो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरी मङ्सिर १४ गते देखि खेलकुद सञ्चालन हुने अवधिभर शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिएको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...