#
गृह पृष्ठ मेलापत पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष कँडेल महान्यायाधिवक्ता नियुक्त

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष कँडेल महान्यायाधिवक्ता नियुक्त

बागलुङ/नेपाल सरकारले तत्कालिन नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका पूर्व अध्यक्ष तथा अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकार र प्रधानमन्त्रीको कानूनी सल्लाहकार मानिन्छ ।
कानून व्यवसायीको नियमन गर्ने, परीक्षा लिने, लाइसेन्स दिने संवैधानिक अंगको रुपमा पनि महान्यायाधिवक्ताको काम हुने गर्छ । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ कर्लिमका कँडेलले अभिव्यक्ति स्वतन्त्रता विषयमा बेलायतबाट विद्यावारिधी गरेका छन् ।
कँडेल नेपाल पत्रकार महासंघ बागलुङको २०५८ देखि २०६१ सम्म अध्यक्ष थिए । पत्रकारितासँगै कानूनको अध्ययन गरेपछि कँडेल राजधानी हुँदै बेलायत गएका थिए । उनले बेलायतको कन्सुलरमा पनि वकालत गर्थे भने नेपाल फर्केपछि पनि उनी निरन्तर वकालतमा सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्दका विभिन्न मुद्दामा उनले बहस गर्दै आएका छन् ।
महान्यायाधिवक्ताको कार्यालय देशभरका सबै सरकारी वकिलको तालुक कार्यालय समेत हो । सरकार विरुद्दका मुद्दामा महान्यााधिवक्ताले प्रतिरक्षा गर्ने, फौजदारी मुद्दामा मुद्दा चलाउने नचलाउने अधिकार समेत महान्याधिवक्तामा निहित हुने कानूनी प्रावधान छ ।
पूर्व प्रधानमन्त्री सुशिला कार्कीले नियुक्त गरेको महान्याधिवक्ता सबिता बराल भण्डारीले राजिनामा दिएपछि कँडेल नियुक्त भएका हुन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...