जापान-बागलुङ जिल्ला दक्षिण भेग मा अवस्थित “समृद्धि समाज को चाहाना , प्रवासी बलेवाली हरु को कामना “भन्ने मूल नाराका साथ गठित २०१३ सालमा स्थापना भएको बलेवा सेवा समाज जापानको सातौ अधिवेशन टोकियोको आसागया स्थित मार्टिना रेस्टुरेण्ट को हलमा डिसेम्बर ३१ तारीक आईतबार का दिन हुने भएको अध्यक्ष टिकाराम रिजाल बिमलले जानकारी दिनु भयो । बागलुङ जिल्लाको बलेवा बाट जापानलाई कर्मथलो बनाउदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्थाको रूपमा रहेको परिचित समाजले सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आएको समाजका अध्यक्ष रिजाल को भनाई छ ।
समाजको ऐतिहासिक सातौ अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको महासचिव अर्जुन लामिछाने ले जानकारी दिनुमभयो । अधिवेशनबाट आगामी कार्यकाल २०२४-२०२६ को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका भुतपुर्व अध्यक्ष तथा संरक्षक सेवक पिसी को संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि संरक्षक तथा भुत पुर्व अघ्यक्ष महेन्द्र पिसीको संयोजकत्व मा आयोजक समिति रहने गरि कार्य भैरहेको जानकारी संयोजक महेन्द्र पिसीले गराउनु भयो ।
नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक सेवक पिसी ले बताए । अधिवेशन बेलुका ५बजेदेखि नेपाली रेस्टुरेन्ट मार्टिना आसागया टोकियो मा हुने भएको हुनाले सम्बन्धित सम्पुर्ण बलेवाली हरु लाई उपस्थित हुनका लागि समाजले अनुरोध गरेको महासचिव अर्जुन लामीछाने ले बताउनु भयो ।










































