#
गृह पृष्ठ समाचार बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका सिमानाका र वडावासीको आवात जावतमा कडाई गरिएको हो । बलेवाको अमलाचौर, नारायणस्थान र पैञ्युपाटाका वडाअध्यक्षहरुले टेलिफोन सम्बाद गर्दै तीनवटै वडामा एक अर्कालाई सहयोग गर्दै कडाई गर्ने सहमति भएको छ । छिमेकी जिल्ला पर्वतको मुकाम कुश्माबजार सँग जोडिएको नारायणस्थानका नाकाहरु आवत जावत नगर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरले वडाबासीलाई ७ दिन वडा बाहिर नजान र बाहिर रहेकालाई वडा भित्र नआउनका लागि आग्रह गरेको छ । एक साताका लागि खाद्याान्न समेत भण्डारण रहेकाले दुध ढुवानी र बिरामी बोक्ने बाहेकका कुनैपनि सवारी साधनको आवत जावतमा रोक लगाईएको वडाअध्यक्ष गुरुदत्त पाठकले बताए । लमजुङबाट बिदामा आएका नेपाली सेनाका जवानको क्लोज कन्ट्रयाक ट्रेसिङमा बागलुङ नगरपालिका १० गलुवाका झण्डै ५२ जना परेपछि बलेवा क्षेत्रमा थप कडाई थालिएको वडाअध्यक्षहरुले बताएका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...