#
गृह पृष्ठ मनोरन्जन दिवा सेवा कार्यक्रम चलाउन पितृ सप्ताह शुरु

दिवा सेवा कार्यक्रम चलाउन पितृ सप्ताह शुरु

बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने उदेश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह शुरु भएको छ ।
बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले दिवा सेवा केन्द्रले जेष्ठ नागरिक, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तको क्षेत्रमा कल्याण हुने बताए ।
चैत्र २७ गतेसम्म चल्ने सप्ताहमा पण्डित तीर्थराज उपाध्याय कृष्ण कथा वाचन गर्नुहुनेछ । सप्ताहमा पितृ उद्दारको कार्य पनि हुने भएकोले उत्साहजनक सहभागिता जुट्ने केन्द्रले अपेक्षा गरेको छ । सप्ताहमा हरेक दिन भजनकृतन, योग र उत्प्रेरणात्मक क्रियाकलाप गरिने छ भने मानवताको रक्षाको लागि विद्धानहरुले प्रवचन दिनेछन् ।
सप्ताहमा संकलित दानबाट गरिब, जेहेन्दार, असक्त, अपाङ्ग र अभिभावकविहिन विद्यार्थीको लागि कोष स्थापना गर्ने, सामाजिक सद्भाव र भातृत्व कायम गर्ने तथा लागूऔषध अपराध, घरेलु तथा महिला हिंसा, बालश्रम शोषण विरुद्वका कार्यक्रम पनि संचालन गर्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवी खड्काले जानकारी दिइन् ।
१६ लाख रुपियाँ खर्च अनुमान गरिएको सप्ताहमा १ करोड संकलन गरेर हाल भैरहेका संरचनामा दिवा सेवा कार्यक्रम संचालन गर्ने केन्द्रको योजना छ ।
जेष्ठ नागरिकलाई मनोरञ्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र संचालित हुनेछ । बजार क्षेत्रको नजिक भएकोले जोसुकै पनि केन्द्रमा आएर सेवा लिन सक्नेछन् । निवृत्त भएकादेखि घरका परिवार बाहिर भएकोले एक्लो महसुस गरेका जो कसैलाई राखेर सेवा दिने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताइन् ।
पवित्र कार्यका लागि आयोजित सप्ताहमा सबै समाजसेवी, चन्दादाता, नागरिक समाज, संघसंस्था, सर्वसाधारण, उद्योगी व्यवसायी र प्रवासमा रहनुहुने सबै नेपालीलाई मानवताको रक्षा र विकासको लागि आर्थिक तथा भौतिक सहयोग गर्न केन्द्रले आव्हान गरेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...