#
गृह पृष्ठ Uncategorized जिल्ला खेलकुदको आयोजनामा ,पर्वतमा दौड प्रतियोगिता हुदै।

जिल्ला खेलकुदको आयोजनामा ,पर्वतमा दौड प्रतियोगिता हुदै।

पर्वत- पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयबाट प्रतियोगिता सुरु हुने जनाइएको छ । प्रतियोगिताका लागि वैशाख २४ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ५ किलोमिटर र पुरुषतर्फ १० किलोमिटर दौड समावेश गरिएको छ । दुवै विधामा प्रथम हुनेलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, द्वितीयलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तृतीयलाई ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन कुनै दर्ता शुल्क नलाग्ने बताइएको छ ।

नेपाल एथलेटिक्स संघको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा खेलाडीले सुरुदेखि अन्तिम रेखासम्म पूरा दूरी तय गर्नुपर्ने, कुनै सवारी साधन प्रयोग गर्न नपाइने तथा विभागीय खेलाडी सहभागी हुन नपाउने नियम राखिएको छ । सहभागीले जिल्लावासी भएको परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ । खेल अवधिभर खेलाडीहरूको दुर्घटना बीमा गरिने र नाम दर्ता गरेका खेलाडीलाई मात्रै बीमा सुविधामा समावेश गरिने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंग बहादुर पुनले जानकारी दिए  ।

प्रतियोगितामा सहभागी खेलाडीलाई बिहानको खानाको व्यवस्था समेत आयोजकले गर्ने जनाएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् पोखराको प्रवर्द्धन तथा जिल्ला एथलेटिक्स संघ पर्वतको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले जिल्लामा एथलेटिक्स खेलको विकास र खेल प्रतिभा पहिचानका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने पुनको भनाई छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...