#
गृह पृष्ठ जीवनशैली फलेवासमा बन्यो नमूना एकीकृत बस्ती सांसद गिरीद्धारा उद्घाटन

फलेवासमा बन्यो नमूना एकीकृत बस्ती सांसद गिरीद्धारा उद्घाटन

पर्वत : पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा निर्माण गरिएको एकीकृत नमूना बस्तीको उद्घाटन गरिएको छ।२०७२ सालमा आएको भूकम्पका कारण अर्चलेमा रहेको दलित बस्तीका घरहरु भत्कीएपछि बस्तीलाई एकीकृत र स्थायी रुपमा बसाल्ने गरी पुरानो ठाउँभन्दा केही तल नमूना बस्तीको निर्माण गरिएको हो। २०७५ साल मंसिर २७ मा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बस्ती निर्माण कार्यको शिलन्यास गरेका थिए। बस्ती निर्माण सहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरेर भूकम्प पिडितहरु नयाँ बस्तीमा सरेसँगै सोमबार प्रतिनिधि सभाका सदस्य पदम गिरीले बस्तीको उद्घाटन गरेका हुन्।२०७५ सालमा मेयर शर्माले शिलन्यास गरेको बस्तीको निर्माण पूरा भएपछि शिलन्यास गरेको तीन वर्षपछि प्रतिनिधि सभाका सदस्य गिरीले उद्घाटन गरेका हुन्।सो अवसरमा बोल्दै सांसद गिरीले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ निर्माणको लागि दृढताको साथमा अगाडि बढ्न आमनागरिकमा अपिल गरे। हरेक नागरिक र राज्यको शक्ति दृढताका साथ नेपाल बनाउने अभियानमा लागेमा नेपाललाई समृद्ध बनाउन कठिन नरहेको उनको भनाई छ। तर त्यसका लागि यूवा शक्ति पनि अझै जोशका साथ लाग्नुपर्ने उनको भनाई छ।‘समृद्ध नेपाल ः सुखी नेपाली बन्नको लागि हामी सबै दृढताका साथ अनवरत रुपमा लागिरहनुपर्छ। यो हाम्रै पालामा सम्भव छ। सबैको मनमा देश बनाउने संकल्प चाहिन्छ,’ उनले भने, ‘देशको शक्ति यूवामा रहेको हुन्छ। समृद्ध देश बनाउने सपना पूरा गर्नको लागि यूवा शक्तिमा अझै धेरै जोश चाहिन्छ। नागरिकले चाहेमा हरेक कुराहरु सम्भव हुन्छन्।’यस्तै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानीय तहहरु नभएको बेलामा हुने खाने वर्गमा विकास बढी भएको भए पनि संघीयतासँगै स्थानीय तह बनेपछि सबै वर्गमा समानुपातिक विकास भएको बताए। फलेवास नगरपालिकाका जनप्रतिनिधिहरु आवज बिहीनहरुको आवज बनेर काम गरिरहेको बताउँदै उनले फलेवासको समानुपातिक विकासका लागि नगरपालिकाले गरेको प्रयासमा नागरिक पनि खुसी भएको नगरप्रमुख शर्माले उल्लेख गरे।


‘स्थानीय तहमा जनप्रतिनिधहरु नभएको बेलामा हुने खाने वर्गमा विकासको पहुँच बढी भएको भए पनि जनप्रतिनिधिहरु आएपछिको अवस्था त्यस्तो छैन्। सबै ठाउँको समानुपातिक विकास गर्नका लागि नै स्थानीय तहको निर्माण गरिएको हो,’ उनले भने, ‘तीन ओटा वडामा सिमित रहेको फलेवासमा अहिले ११ ओटा वडाहरु रहेका छन्। ती सबै वडामा हामी फलेवासी र हाम्रो फलेवास हो भन्ने अनूभूति दिलाएका छौँ। यो नै हामीले गर्नुपर्ने महत्वपूर्ण काम थियो।’ आफूहरुले पाँच वर्षको कार्यकालमा गरेको कामलाई फलेवास नगरपालिका र देशका अन्य स्थानीय तहहरुको कामको बिचमा तुलना गरेर हेर्न पनि नगरप्रमुख शर्माले नगरबासीमा अनुरोध गरे।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै फलेवास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष टीकाराम गौडेल र यूवा नेता देवेन्द्रराज पाण्डेले पनि फलेवास नगरपालिकामा भइरहेको विकास र समृद्धिको अवस्था अन्य स्थानीय तहहरुले पनि सिको गर्न लायकका रहेको बताएका थिए।

एकीकृत बस्तीको बारेमा जानकारी गराउँदै स्थानीय डिलबहादुर बिकले भूकम्पले भत्कीएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भनी भूगर्वविदहरुले बताएका कारण बस्तीलाई नयाँ ठाउँमा सारिएको जानकारी दिए। एकीकृत नमूना बस्तीमा १२ ओटा नमूना घरहरु निर्माण गरिएको उनको भनाई छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रति परिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुन तीन लाख रुपैयाँ थप गरेर घरहरु निर्माण गरिएका बिकले बताए। प्राधिकरणले बस्तीका लागि आवश्यक भौतिक संरचनाहरु निर्माण गर्नको लागि एकमुष्ट ४८ लाख रुपैयाँ दिएको थियो। त्यस बाहेक फलेवास नगरपालिकाले पनि विभिन्न सहयोगहरु गरेपछि बस्ती निर्माणको काम पूरा भएको हो।नगरप्रमुख शर्माकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य वडाध्यक्ष मनबहादुर कुँवरले राखेका थिए भने कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना व्यवस्थापक देवी प्रसाद तिमिल्सिनाले गरेका थिए।

छुटाउनुभयो कि?

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...

फलेवास नगरसभापतिमा थापा निर्बिरोध सभापती हुने पक्का! सबै काङ्ग्रेस लागे थापाको पक्षमा

पर्वत- नेपाली कांग्रेसको महाधिवेशन शुरु भएसंगै चुनावी सरगर्मी बढ्न थालेको छ ।यता नगर अधिवेशनको लागि नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढिरहेको छ ।यो सँगै पर्वतको...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...