#
गृह पृष्ठ Uncategorized वार्ड सदस्य क्षेत्रीको पहलमा, गाँउमा बाटो पुगेपछि छायो जनतामा खुसियाली

वार्ड सदस्य क्षेत्रीको पहलमा, गाँउमा बाटो पुगेपछि छायो जनतामा खुसियाली

पर्वत- कुश्मा नगरपालिका–२ अन्तर्गत खुर्कोटका गालेबिसौन टोल, धन्सारे टोल, गैरा टोल, पात्रेढुंगा टोल, काउराबोट हुँदै च्यानकाटे बोडिस्वारासम्म ३ मिटर चौडा र १,३०० मिटर लामो ग्रामीण मोटरबाटो निर्माण सम्पन्न भएको छ। ३ मिटर चौडा र १,३०० मिटर लामो ग्रामीण मोटरबाटो निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

कुश्मा नगरपालिका–२ का वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा निर्माण सम्पन्न भएको यो सडकले वर्षौंदेखि सडक पहुँचको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाको सपना पूरा गरेको छ। छोटो दूरीको भए पनि रणनीतिक महत्व बोकेको यस सडकले पाङ, खुर्कोट, दुर्लुङ, बाजुङ, हलहले हुँदै लेस्पार र सालिजासम्मको आवतजावतलाई थप सहज बनाउने विश्वास गरिएको छ।

सडक सञ्चालनमा आएपछि कृषकहरूलाई खेतबारीसम्म पुग्न, कृषि उत्पादन बजारसम्म पुर्‍याउन, विद्यार्थीलाई विद्यालय आउजाउ गर्न तथा बिरामीको आपत्कालीन अवस्थामा अस्पतालसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यस सडक निर्माणको अर्को उल्लेखनीय पक्ष स्थानीयवासीको सक्रिय सहभागिता हो। स्थानीय जग्गाधनीहरूले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएका छन् भने सार्वजनिक डहरा खुला गर्नुका साथै श्रमदान र आपसी सहकार्यबाट निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो। विकास निर्माणमा स्थानीय एकता र सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा यस योजनालाई हेरिएको छ।

वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीले विकासका काम जनप्रतिनिधिको प्रयास मात्र नभई समुदायको साझा जिम्मेवारी र सहकार्यबाट सफल हुने बताए। उनले सडक निर्माणमा सहयोग गर्ने सम्पूर्ण जग्गादाता, श्रमदान गर्ने स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति हार्दिक आभार व्यक्त गरे।

स्थानीयवासीले सडक निर्माणसँगै गाउँको विकासले नयाँ गति लिने, कृषि, शिक्षा, स्वास्थ्य र दैनिक जनजीवनमा दीर्घकालीन सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

मिनराज के सी अबिरल पर्वत, कुश्मा

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...