#
गृह पृष्ठ विजनेश पोखरामा रोपाइँ महोत्सवः किसानलाई सम्मान

पोखरामा रोपाइँ महोत्सवः किसानलाई सम्मान

पोखरा/ असार, मानो रोपेर मुरी उब्जाउने महिना । यो वर्ष मनसुन ढिलो हुँदा रोपाइँले गति लिएको छैन । टारीको त कुरै छाडौँ,पानीको मूल नफुट्दा खोलामा हिल्याउन पुग्ने पानी छैन । मौषमविदहरुले अबको एक हप्तामा मनसुन भित्रने आकलन गरेका छन् । गण्डकी प्रदेशमा धान खेती हुने जग्गा चाहिँ ३ लाख ५५ हजार ५०७ रहेको छ भने गण्डकी प्रदेशमै ४ लाख ९९ हजार २३३ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २५ हजार २५२ हेक्टर जमिन बाँझो रहँदै आएको छ ।
पोखरा पर्यटन परिषद्ले असारे माचोलाई धेरै वर्ष पहिलेदेखि महोत्सवको रुप दिएको छ । रोपाइँसँग जोडिएको श्रम,पसिना चुहाउँदाको उत्साह र आशा अनि त्यससँग जोडिएको संस्कृतिलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने ध्येयले सुरु भएको रोपाइँ महोत्सवको २१ औं संस्करण लेखनाथको शिशुवामा आयोजना गरिएको छ । महोत्सवमा अघिल्ला वर्षजस्तै पर्यटकहरुले हिलो खेले भने हिलामै विभिन्न मनोरन्जनात्मक प्रतियोगितासमेत आयोजना गरियो ।

पोखरा महानगरपालिका–३० देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकहरु पुगेका थिए । स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरु हालेर महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रोपाइँ महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको पनि बताए । यसैबीच पोखरा महानगरपालिकाले दुई जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की (पोखरा–२१) र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का (पोखरा–२७) लाई रोपाइँ महोत्सवका अवसरमा सम्मान प्रदान गरिएको हो ।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गर्नुभएको हो । कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालन गर्दै आएका छन् । कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गरिरहेका छन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसाथ गर्दै स्थानीयस्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठुलो योगदान पु¥याएको छ । कुल ३२ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ, दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू निर्माण गरिएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...