पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको महकेमा अबैध हतियार फेला परेका छन् ।अबैध हातहतियार लुकाईछिपाई राखेको स्थानीयवासीमार्फत जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबको नेतृत्वमा खटिएको टोलीले आठ नाल अबैध भरुवा बन्दुक फेला पारेको हो । स्थानीय लतेखोला ठापोपाखा सामुदायिक बनमा बेवारिसे अवस्थामा लुकाईछिपाई राखिएको अवस्थामा ती हतियारहरु भेटिएको प्रहरी नायब उपरिक्षक यादबले जानकारी दिनुभयो ।
उक्त बन्दुकहरु आवश्यक मुचुल्का गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको उहाँले जानकारी दिनुभयो । जंगली जनावरको शिकार गर्नका लागि यस्ता अबैध हातहतियारको प्रयोग गरेको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।











































