#
गृह पृष्ठ Uncategorized बागलुङमा पनि भारतीय पर्यटक र तीर्थयात्री बढ्दै

बागलुङमा पनि भारतीय पर्यटक र तीर्थयात्री बढ्दै

बागलुङ-  मुक्तिनाथमा भारतीय तीर्थयात्री बढेको परिणाम स्वरुप बागलुङमा पनि भारतीय पर्यटक बढेका छन् । मुक्तिनाथ जाने पर्यटकले बागलुङ कालीका, शालीग्राम संग्राहलय र पञ्चकोट भ्रमण गर्न थालेका हुन् ।

कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट सिधै मुक्तिनाथ जाने सडक बनेको, पोखरा आएकाहरु बागलुङ आउन थालेकोले होटलमा पनि भारतीयहरु देखिन थालेका छन् । तीर्थयात्रामा आएका भारतका आसुतोस नमादले त कालीका मन्दिर, शालीग्राम संग्राहलय, पञ्चकोट र कालीगण्डकी नदी माथी बनेको लामो झोलुंगेपुलको भिडियो बनाइ टिकटक र सामाजिक संजालमा पोष्ट गरेका छन् । उनले धार्मिक सर्किटको रुपमा मुक्तिनाथदेखि बागलुङका अधिकांस स्थलको चर्चा समेत गरेका छन् ।

भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्यले पनि शालीग्राम संग्राहलयले आकर्षित गरेको बताए । ‘म त दंगै परें, हामीले एकदुइवटा शालीग्राम राखेर पूजा गरेका थियौं, यहाँ संग्राहलयको दर्शन गर्न पायौं’ उनले भने, ‘हामीले यो क्षेत्रको प्रचार गरेर तीर्थयात्रीलाई पठाउँछौं ।’ भारतीय तीर्थयात्री रमाएर बस्ने स्थल रहेको उनले बताए । यहाँ १ लाख १५ हजार शालीग्रामलाई सुरुङभित्र संग्रह गरिएको छ ।

कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनले हराइरहेको बेला यहाँ भने संग्रह गरेर राखिएको हो । १ सय ५० मीटर लामो सुरुङभित्र सजाएर राखेको शालीग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् । आन्तरिक र भारतीय पर्यटक यहाँ नियमित आउने गर्छन् । शालीग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले यकित तथ्यांक नराखेको तर वर्षभरी एक लाख पर्यटकले हेर्ने गरेको बताए । जहाँ भारतीय मात्रै ३० हजार बढी आएको रेकर्ड छ ।

मुक्तिनाथ दर्शन गरेर फर्केका पर्यटकमध्ये अधिकांसले यहाँ प्रवेश गरेका छन् । ७ वर्ष अघि यो संग्राहलय स्थापना गरिएको थियो । शुद्द शाकाहारी भोजन गर्न चाहने तीर्थयात्री कतिपय होटलमा बस्छन् । केहीलाई मुक्तिनाथ वेद विद्याश्रम पाठशालाको आश्रममा राखिने गरिएको छ । मुक्तिनाथ जानेहरुले ७ देखि १० दिनको प्याकेज बनाएर घुम्न आउँदा एकदेखि डेढ दिनको समय बागलुङमा बिताउने गरेका हुन् ।

भारतको मायापुरबाट आएका माधव हरिदासले शालीग्राम संग्राहलय घुम्दा शान्ति मिलेको बताए । उनले संसारभर घुमेर पनि एक लाख शालीग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए । भारतको केरला, आन्द्रप्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको प्रपन्नाचार्य बताउँछन् । भारतका प्रसिद्द सिनेकर्मी, व्यवसायीले पनि बागलुङ भ्रमण गरेका छन् । नेपाल भारत प्रवद्र्दनात्मक भ्रमणका लागि पोखरा आएकाहरुले पनि बागलुङका गन्तव्य रोज्न थालेका छन् । पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले पनि भारतीयहरु बागलुङका गन्तव्यप्रति आकर्षित भएको बताए ।

५ सय वर्ष पुरानो इतिहास भएको बागलुङ कालीका र पञ्चकोट पनि अधिकांसको आर्कषणको केन्द्र बनिरहेको हो । कालीगण्डकीको सभ्यता र धार्मिक महत्वबारे पनि धेरैले जान्न चाहने गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का बताउँछन् ।

भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तीनाथको यात्रामा शालिग्राम संग्राहलयलाई प्राथमिकतामा पारेका हुन् । गण्डकी प्रदेशको बजेट कार्यक्रममा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले मुक्तिनाथदेखि बागलुङ कालीका र पञ्चकोट सम्मको क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना बजेट भाषणमा सुनाएका थिए । यो विषयले स्थानीयमा थप चासो र उत्साह बढेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए । ‘पर्यटनबाटै हामीले समृद्वि खोज्ने हो’ शाक्यले भने, ‘पर्यटक बढ्दा स्थानीय उत्पादन पनि बढ्छ, किसानको पनि आम्दानीको श्रोत बढ्छ ।’ सरसफाइ र पर्यटकका रोजाइ अनुसारका परिकार तथा गन्तव्य तयार गर्न पहल भएको उनले बताए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...