पर्वतमा हालसम्म ९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जलजला गाउँपालिकाका तीन वडाको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेकपा एमाले बिजयी भएको छ । वडा नं । १, २ र ३ मा एमाले बिजयी भएको हो । अहिले वडा नं । ४ को गणना जारी छ । त्यसैगरी महाशिला गाउँपालिकामा दुई वडाको परिणाम सार्वजनिक भएको छ । वडा नं । १ होश्राङदी र वडा नंं २ भोक्सिङको परिणाम सार्वजनिक भएको हो ।
जसमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी पैंयु गाउँपालिकाका २ वडाको मतपरिणाम सार्वज्निक भएको छ । वडा नं । १ टकलाकमा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने र वडा नं । २ त्रिवेणीमा एमालेका नरभुपाल काफ्ले बिजयी हुनुभएको छ । यता फलेवास नगरपालिका वडा नं । ११ पाङराङको मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । त्यसैगरी बिहादीको वडा नं । १ बाच्छाको परिणाम सार्वजनिक भएको छ । जसमा एमालेका चित्रबहादुर गुरुङ सहित सवैजना बिजयी हुनुभएको छ ।गणना भएका मध्ये जलजजा, मोदी, महाशिला र पैंयुमा एमालेको अग्रता छ भने विहादी, फलेवास र कुश्मामा काँग्रेसको अग्रता देखिएको छ
पर्वतमा ९ वडाको मत गणना सम्पन्न : एमाले- ८ काँग्रेस-१ वडामा बिजयि, अन्य ठाउमा मत गणना चल्दै
