#
गृह पृष्ठ विजनेश चुनावको मुखमा घट्यो घरजग्गा कारोबार, तरलता अभावको प्रभाव कति ?

चुनावको मुखमा घट्यो घरजग्गा कारोबार, तरलता अभावको प्रभाव कति ?

काठमाडौं –स्थानीय तहको चुनावको मुखमा घरजग्गा कारोबार केही सुस्ताएको छ । गत फागुन महिनाको तुलनामा चैतमा कारोबार र यसबाट उठ्ने राजस्व दुवै सुस्ताएको हो ।  चैत २०७७ सँग तुलना गर्ने हो भने पनि चैत २०७८ मा जग्गाको कारोबार घटेको देखिन्छ ।

बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव भएकाले यो वर्ष घरजग्गाको कारोबार तीव्र दरमा उचालिएको छैन । तर, बैंकमा तरलता अभाव भएपनि अहिले भइरहेको कारोबारले घरजग्गामा हुने लगानी ठूलो दरमा निरुत्साहन भएको देखिंदैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत २०७८ मा ७० हजार ८२९ वटा घरजग्गा कारोबार (लिखत पास) भएका छन् । चैत महिनामा सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको इनरुवा क्षत्रेमा भएको छ । इनरुवाको मालपोत कार्यालयले एक महिनामा ३ हजार ५२३ वटा लिखत पास भएका छन् । चैत २०७७ मा ८७ हजार १८७ वटा घरजग्गाको लिखत पास भएको थियो ।

चैतमा मोरङको बेलबारी क्षेत्रमा २ हजार ८२४, झापाको भद्रपुर क्षेत्रमा २ हजार ७६८, धनुषाको जनकपुर क्षेत्रमा २ हजार ३७६ र बाँके क्षेत्रमा २ हजार ४४९ वटा लिखत पास भएका छन् । चैतमा काठमाडौं उपत्याकाभित्र काठमाडौंपछि सबैभन्दा धेरै ललितपुर क्षेत्रमा पनि २ हजार ९६ वटा लिखत पास भएको छ । काठमाडौंमा विभिन्न कार्यलय गरेर करिब ३५ सय जग्गाको कारोबार भएको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...