#
गृह पृष्ठ विचार बाघ सर्वेक्षणमा प्रयोग भएका पाँच वटा क्यामरा चोरी

बाघ सर्वेक्षणमा प्रयोग भएका पाँच वटा क्यामरा चोरी

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा गएकाे मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । आज बुधवार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामरा हराएको जानकारी दिनुभयो ।

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामरा राखिएको जानकारी दिनुभयो ।

निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामरा राखेको आचार्यले बताउनुभयो । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामरा अन्य प्रयोजनका लागि काममा नआउने बताउनुभयो । क्यामरा जडान गरिएको तेस्रो दिनमा क्यामरा हराएको भन्दै क्यामराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताउनुभयो ।

बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको ठाउँमा एउटै बाघलाई दुई वटा क्यामराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि झन्डै तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ ठाउँमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । एउटा क्याम्पमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजिताअनुसार ९३ वटा बाघ छन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या दुई सय ५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ वटा पुगिसकेको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...