#
गृह पृष्ठ खेलकुद ‘मेयर कप’ फुटबल : कटारी र बेनी सेमीफाइनलमा प्रवेश

‘मेयर कप’ फुटबल : कटारी र बेनी सेमीफाइनलमा प्रवेश

बागलुङ/बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइलका खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।

कटारीले प्रहरी र बेनीले आयोजक बागलुङ नगरपालिकालाई पराजित गरेको हो । मंगलबार सम्पन्न पहिलो खेलमा विभागिय टोली गण्डकी प्रदेश प्रहरी पोखरालाई ट्राइबेकरमा स्तब्ध बनाउँदै कटारीले सेमीफाइनल भीडन्त पक्का गरेको हो । ट्राइबेकरमा प्रहरीलाई कटारी नगरपालिकाले २–४ गोल अन्तरले पराजित गरेको हो ।

कटारीको जितमा गोलरक्षक सागर मगर नायक बने । मगरले प्रहरीका खेलाडि सन्दीप तामाङ र अंकित गुरुङको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका थिए । मगर म्यान अफ दि म्याच घोषित हुँदै दुई हजार रुपियाँ प्राप्त गरेका छन् ।

कटारीको जितमा दिकेश लामा, गणेश भुजेल, पवन पाख्रिन र हेमन्त भुजेलले गोल गर्नुभयो भने प्रहरीका लागि समिट श्रेष्ठ र सरोज तिताङले गोल गरे । कटारीले बुधबार बिहान हुने पहिलो खेलमा आयोजक बागलुङ नगरपालिका ‘निलो’संग फाइनल यात्राका लागि प्रतिष्पर्धा गर्ने छ । बलियो टोली प्रहरीलाई पन्छाएको कटारीले दोस्रो रोजाईका खेलाडि सम्मिलित बागलुङ नगरपालिका ‘निलो’लाई सहजै पन्छाउने अनुमान गरिएको छ ।

यस्तै, मंगलबारै भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक बागलुङ नगरपालिका ‘सेतो’लाई १–२ गोलले पराजित गर्दे बेनी नगरपालिका म्याग्दीले सेमीफाइनल यात्रा पक्का गरेको हो । बेनीको जितमा विनम थजाली दुई गोलको योगदान गरे । विनमले खेलको पहिलो हाफको ५ औं र दोस्रो हाफको ७० औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

बागलुङ नगरपालिकाका लागि आशबहादुर गुरुङले ७५ औं मिनेटमा सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बेनीको जितमा नायक बनेका विनम थजाली म्याद अफ दि म्याच घोषित हुँदै दुई हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । बेनीले बुधबार हुने दोस्रो सेमीफाइनल खेलमा पैयुँ गाउँपालिको सामना गर्ने छ ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्राप्त गने छ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिए ।

बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा चलिरहेको प्रतियोगिता मंसिर १८ गतेसम्म चल्ने छ । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको ‘मेयर कप’ फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः शुरु भएको हो ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...