#
गृह पृष्ठ मनोरन्जन चैत्राष्टमी मेला शुरु, मेलालाई बागलुङ पहिचान बनाईने

चैत्राष्टमी मेला शुरु, मेलालाई बागलुङ पहिचान बनाईने

बागलुङ/बागलुङ कालीका मन्दिरमा चैत्राष्टमी मेला शुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले मेलाको उद्घाटन गरे ।
आगामी शनिबारसम्म संचालन हुने मेलालाई मौलीक र ऐतिहासिक बनाउने बागलुङ भगवती गुठी व्यवस्थापन समितिको तयारी छ । सोही अनुसार मंगलबार उद्घाटन कार्यक्रम मात्रै भएको हो । बुधबारदेखि भलिवल खेल लगायतका अन्य क्रियकलाप हुनेछन् ।
उद्घाटन कार्यक्रमका लागि बागलुङको ऐतिहासिक हनुमान नाच र विभिन्न जातजातीको नृत्य, झाँकी समेत देखाइएको थियो । बागलुङ बजारबाट शुरु भएको ¥याली तथा झाँकीले कालीका मन्दिर परिक्रमा गरेर औपचारिक कार्यक्रम शुरु गरिएको थियो ।
कार्यक्रममा गुठी संस्थानका अध्यक्ष पोखरेलले ऐतिहासिक र धार्मिक महत्व भएकोले बागलुङ कालीकामा भक्तजन बढेको भन्दै गुठीले यहाँको महत्व बढाउने काममा सहयोग गर्ने बताए । उनले आगामी दिनमा मौलीक कला र संस्कृति संरक्षण गर्ने काममा पनि साथ दिने बताए । उनले गुठी संस्थानले देशभरका मौलिक महत्व बोकेका सम्पदाहरुको प्रवद्र्धन गरेर संस्कृति संरक्षणमा पनि ध्यान दिने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले चैतेदशैंलाई मौलीक चाड र मेलाको रुपमा मनाउने र स्थानीय कलाको संरक्षण गर्ने पर्वको रुपमा निरन्तरता दिनुपर्ने बताए । उनले चैतेदशैंको महत्व देशविदेशमा पुगेको भन्दै अझै व्यवस्थित बनाउने काममा सबैले साथ दिनुपर्ने पनि बताए ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काको अध्यक्षता, पत्रकारहरु तारानाथ आचार्य र सिर्जना पन्तको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
मेलामा राष्ट्रिय कालाकार र स्थानीयको सांगीतिक प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा खुला पुरुष तथा महिला भलिबल, छेलो हान्ने प्रतियोगिता समावेश छन् । मेलामा ग्रामीण क्षेत्रमा बनेका मौलीक सामाग्रीसहित रमाइलो मेला जस्ता सयौं स्टल पनि राखिएको छ । मेलालाई व्यवस्थित बनाउन गुठीले स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतसँग पनि नियमित समन्वय गरेको छ ।
पाल्पाका राजा मणी मुकुन्दसेनकी छोरी विश्रवादेवीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसँग विवाह गराइदिंदा ल्याएको दाइजो कालीकाको मुर्ति बिसाएको स्थानबाट उठाउन नसकेपछि विधिपुर्वक मन्दिर स्थापना गरेर बिसं १५९१ देखि यहाँ पुजा गर्न थालिएको किंवदन्ती छ ।
चैतेदशैं र बडादशैंमा सयौं भक्तजन स्वतस्फुर्त आउने भएकोले यहाँ नित्य पुजाको साथै व्यवस्थापकीय काम पनि गुठीले गर्दै आएको हो । पुजा व्यवस्थापन, बली व्यवस्थापन, भक्तजनको सुरक्षा तथा दैनिक संकलित भेटीको सार्वजनिक गर्ने काम समेत गुठीले गर्दै आएको छ । यो कार्यपछि मन्दिर परिसरमा ऐतिहासिक र आर्कषक मठमन्दिर, संरचना र सत्तल बनेका छन् । दैनिक भजनकृतन र आरती गर्ने पद्दतीको विकास भएपछि मन्दिरप्रति धेरैको आर्कषण थपिएको छ ।
पछिल्लो समय मन्दिरमा तामाले छाएपछि धेरै समयसम्मका लागि ढुक्क समेत भएको छ । मन्दिरमा जथाभावी माग्नेहरु आउने गरेकोमा गुठीले रोकेपछि सभ्य र व्यवस्थित देखिएको भक्तजनले बताए । चैत्राष्टमी मेला शनिबारसम्म चल्ने छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...