#
गृह पृष्ठ राजनीति टाउकाको मोल तोक्ने देउवासँग प्रचण्डले घाँटी जोड्नुको रहस्य:

टाउकाको मोल तोक्ने देउवासँग प्रचण्डले घाँटी जोड्नुको रहस्य:

काठमाडौ-करिब दुई दशकअघि प्रचण्डहरु शेरबहादुर देउवाहरुको सरकारसँगै शासनसत्ताविरुद्ध धावा बोलिरहेका थिए । पछि आफ्नो टाउकाको मूल्य तोक्ने शासक देउवाविरुद्ध आगो ओकल्न थाले ।युद्धताका समानता, स्वतन्त्रता र समाजवादको नारा घन्काइरहेका थिए । भोक, प्यास गरिबी र अशिक्षाबाट पिल्सिएका निर्धा–निमुखा जनतालाई ठूला गफ दिइरहेका थिए । जनताको उनीहरुको गफलाई पत्याइरहेका थिए ।दुर्गम र विकट भेगमा प्रचण्डहरुको प्रभावको पारो चढ्दो थियो । सशस्त्र संघर्षको मूल उद्देश्य नै देशमा सामन्तवाद, पुँजीवाद र वर्गीय विभेदको अन्त्य भनिएको थियो ।

शेरबहादुर देउवाहरुलाई वर्गसत्रु घोषणा गरिएको थियो । अर्थात् माओवादीको नजरमा देशको पछौटेपन, विभेद, दमन, शोषण र गरिबीको कारढा देउवाहरु थिए ।दलित पिछडिएका सीमान्तकृत वर्गमाथि शोषण गर्ने शोषकको रुपमा देउवालाई चित्रित गरिन्थ्यो । माओबादी युद्ध देउवा प्रवृत्तिविरुद्ध भनिएको थियो । देउवाहरु प्रतिगामी मानिन्थे । तर अहिले परिवेश बेग्लै भएको छ ।प्रचण्डको नजरमा एकदम अग्रगामी नेता भएका छन् । हिजो जोविरुद्ध माग राखेर आन्दोलन गरिएको थियो, जसले टाउकाको मूल्य तोकेको थियो, जसले राजालाई संसद बुझाएको थियो, त्यहीं मान्छे आज प्रचण्डलाई प्यारो लागेको छ । अग्रगामी लागेको छ । कुनै बेलाको दलाल, यथास्थितिवादी नेता आज एकदमै क्रान्तिकारी मानिएका छन् ।

धेरै भएको छैन, २०५९ वैशाख १० गते बसेको तत्कालीन शेरबहादुर देउवाको मन्त्री परिषद्ले माओवादी नेताका टाउकाको मूल्य २५ देखि ५० लाख तोकेको थियो । शेरबहादुरहरुको नजरमा प्रचण्डहरु तालिवान र बोकोहराम जत्तिकै आतंककारी थिए । आज हिजोका तीनै प्रचण्डहरुको समर्थनमा देउवा पाँचौपटक सत्ताको सिंहशानमा पुग्ने भाग्यमानी बनेका छन् । प्रचण्डको साम्यवादसम्मको यात्राका असल सारथि देउवा बनेर उभिएका छन् । युद्धका सारथि विप्लव, वैद्य र बाबुरामहरु भन्दा देउवाहरु प्यारो लाग्न थालेको छ, प्रचण्डलाई । यसले सत्ताको लोभका कारण कोही व्यक्ति कुन हदसम्म स्खलित हुन सक्छ भन्ने प्रमाणित गरेको छ ।

हिजोका देउवा र अहिलेका देउवामा के त्यस्तो आमूल परिर्तन आएको छ र ? जसकारण प्रचण्ड पटक–पटक देउवाको सत्तायात्रामा सारथि बन्न लालायित छन् । कि हिजो राजालाई संसद सुम्पिएका कारण देउवा अग्रगमनकारी भए कामरेड ? या त आलम आतंकको पक्षमा वकालत गरेका कारण तपाईंहरुको केमेष्ट्री मिल्न थालेको हो ? कि त भ्रष्टाचार र राज्यदोहनमा उनले प्राप्त गरेको विगतको सफलताले तपाईंलाई लोभ्यायो ? देशलाई स्विटजरल्याण्डभन्दा स्मार्ट बनाउन देउवाको आवश्यकता देख्नु भयो ?

अब तपाईंको साम्यवादसम्मका असल सारथि देउवा हुन् ? उसो भए विगतमा गाउँगाउँबाट देउवाहरुलाई समर्थन गरेकै कारण निर्दोष सर्वसाधारणलाई किन लखेटनु भयो ? वैचारिक रुपमा कांग्रेस र देउवा समर्थक भएकै कारण किन निहत्था कार्यकर्तालाई सफाया गर्नुभयो ? किन कांग्रेस भएकै कारण हजारौं सर्वसाधारणलाई आफ्नो थातथलो छाडेर पलायन हुन विवश बनाउनु भयो ? यसको चित्तबुझ्दो जवाफ छ कामरेड ?

हिजो के कारणले देउवाहरुलाई वर्गसत्रु देख्नुभयो ? आज कसरी परम मित्र बन्न पुगे ? देउवा र कांग्रेसलाई समर्थन गर्न–नगर्न तपाईं र तपाईं को दल स्वतन्त्र छ । तर इमानदारीता र नैतिकतामा उठेका प्रश्नको जवाफ तपाईले दिनै पर्छ । पटक–पटक देउवालाई प्रधानमन्त्री बनाउनु थियो त किन निर्दोष सेना र प्रहरीका सिपाहीलाई जिउँदै जलाउनु भयो ? शेरबहादुरकै शरणमा जानु रहेछ त जीवनको वास्तविकता बुझ्न  नपाउँदै दिलबहादुर रम्तेलहरुलाई किन शहीद बनाउनु भयो ? हजारौंको काख किन रित्तो बनाउनु भयो ? मैना सुनारहरुको जिजिविषा किन बीचमै अलप पार्नु भयो ? माडीमा किन रगतको बाढी बगाउनु भयो ? आखिर देशका सच्चा पहरेदार शेरबहादुर नै थिए भने होलेरीमा किन रगतको होली खेल्न खोजेको ?

अहिले तपाईंहरु संसद बचाउन देउवालाई समर्थन गरेको रटान रट्दै हुनुहुन्छ । संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने तपाईं हरु नै होइन ? अहिले संसदमा के भिन्नता पाउनु भयो ? हिजो राजतन्त्र थियो, आज गणतन्त्र छ । हिजो राष्ट्रप्रमुख राजा थिए आज राष्ट्रपति छन् । हिजो तपाईंहरु संसदीय प्रणलीको विरुद्धमा मान्छे मार्दै हिँड्नु भएको थियो । आज त्यही संसदीय व्यवस्थाको पक्षमा वकालत गर्दै हुनुहुन्छ ।

जनताको आर्थिकस्तर र गरिबीमा के फेरबदल छ ? के डोल्पाली र मुगुबासीले चामालको भात खान दशैं कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ? बझाङ र बाजुरेलीले सहजै नुन पाएका छन् ? चेपाङ र मुसाहरहरुले कन्दमुलकै भरमा जीवन गुजारा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ? अनि यो स्थितिमा के देख्नुभयो शेरबहादुरसँग प्रचण्ड कमरेड ?

शेरबहादुरहरु नै समृद्ध नेपालका सारथि रहेछन त १७ हजारको बलि किन चढाउन भयो ? तपाईंमा थोरै पनि परिवर्तनकारी र अग्रगमनकारी सोच बँचेखुचेको हुन्थ्यो भने कम्तिमा कांग्रेसभित्रै अर्को पात्र खोज्ने प्रयास गर्न सक्नुहुन्थ्यो । बहस गर्नपर्ने थियो । माधव नेपाललाई त विकल्प देख्ने आँट गर्नु भएन । जबरजस्ती देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने कारण के थियो ?…नेपाल प्रेसबाट…

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...