#
गृह पृष्ठ राजनीति आज देशभरका ६ हजार सात सय ४३ वडामा एमालेको अधिवेशन हुँदै

आज देशभरका ६ हजार सात सय ४३ वडामा एमालेको अधिवेशन हुँदै

 पर्वत- एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका  हजार सात सय ४३  वडामा शनिबार अधिवेशन गर्दैछ।स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्। कात्तिक २ देखि ४ गतेसम्म बसेका जिल्ला कमिटीका बैठकले वडा अधिवेशनमा प्रतिनिधि खटाएका हुन्। ६ हजार ७ सय ४५ वडामा शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।वडा, गाउँ र नगरमा अधिवेशन गरेर कांग्रेसले आफ्नो संगठन चलायमान बनाएसँगै एमालेले पनि अधिवेशन गर्न लागेको हो। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा दसौं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअगाडि वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरिनेछ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...