रोधीघरका गायिका तथा नायिका हुन्छिन्, तुलसी क्षेत्री । रोधीघर पुगेका गायक प्रदीप त्रिपाठीलाई तुलसीको सुन्दरताले तान्छ । गीत मार्फत त्रिपाठी भन्छन्, ‘रोधीघर आउनै मन थिएन, मयाले आइरहने बनायो ।’
पोखराको न्युरोडस्थित ससुराली रोधी घरमा छायांकन गरिएको तुलसीको लोकदोहोरी ‘रोधीघर आइरहने बनायो’ सार्वजनिक भएको छ । जिसी इन्टरटेनमेन्ट नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा गायकद्धय तुलसी क्षेत्री र प्रदीप त्रिपाठीले स्वर दिएका छन् भने भिडियोमा पनि उनीहरुले नै मुख्य भुमिका खेलेका छन् ।
गीतको रचना तुलसीले गरेकी हुन् भने संगीत त्रिपाठीले भरेका छन् । नयाँ वर्ष २०७८को अवसरमा सार्वजनिक गरिएको उक्त गीत दर्शकले मन पराएको गायिका तुलसीले बताइन् ।
म्युजिक भिडियोको निर्देशन होम गुरुङ, छायांकन गणेश सापकोटा र सम्पादन सुवास अम्गाईले गरेका छन् । गीत संगीत र अभिनयका क्षेत्रमा लागेकी तुलसीले यसअघि बाला जोवन, ब्ल्याक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्या बरिलैे, लगायतका म्युजिक भिडियोमा स्वर दिएकी छिन् ।
चलचित्र निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र अग्निदहनबाट डेब्यु गरेकी तुलसीले क्या बात छ लगायतका चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनले अभिनय गरेको चलचित्र वडा अध्यक्ष रिलिज हुने क्रममा छ ।
रोधीघर आइरहने बनायो गीतले आफ्नो साँगीतिक यात्रालाई थप उचाई दिने तुलसीको दाबी छ ।
तुलसीको ‘रोधीघर आइरहने बनायो’











































