#
गृह पृष्ठ कला साहित्य ‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

पत्रकार महासंघ बागलुङले तयार पारेको पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को बिमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पुस्तक बिमोचन गरेका हुन् ।
धौलागिरीको पत्रकारीता इतिहाँस समेटेर जिल्ला शाखाले पुस्तक तयार पारेको थियो । ‘हामीले धौलागिरीको पत्रकारिताको इतिहास तयार प्रारम्भ गरेका छौ’ महासंघका निवर्तमान अध्यक्ष तथा पुस्तकका सम्पादक दिल शिरिषले भने ।
‘यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो’ पुस्तकको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पसका उप–प्रध्यापक हरि प्रसाद पाण्डेले भने ‘यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’
चार खण्डमा विभाजन गरिएको यो कितावमा ४२ जना लेखकहरुको विचार समावेश छ । ४ सय २० पृष्ठ लामो किताबलाई साविकको धौलागिरी अञ्चलमा सात दशकको पत्रकारिता जीवन्त अभिलेख उपमा दिईएको छ । पुस्तक बिमोचन गर्दै तिवारीले पत्रकार महासंघ पर्वत, म्याग्दी र मुस्ताङको मातृ संस्थाका रुपमा रहेको बागलुङले पत्रकारिताको इतिहास खोजेर सबैलाई जागरुक बनाउने काम गरेको बताए ।

अक्षयकोषका लागि रकम हस्तान्तरण

उच्च अदालत बागलुङ बार एसोसिएसनका पूर्व अध्यक्ष अधिबक्ता राम शर्माले आफ्ना माता पिताको स्मृतीमा स्थापना गरेको अक्षयकोषका लागि रकम हस्तान्त्रण गरेका छन् । गण्डकी प्रदेशभर सुशासनको क्षेत्रमा काम गर्ने एक जना पत्रकार र मानवअधिकारको क्षेत्रमा काम गर्ने एक जना अधिकारकर्मीलाई पुरस्कृत गर्नेगरी स्थापना भएको ‘हेम चन्द्र स्मृति कोष’का लागि शर्माले रकम हस्तान्त्रण गरेका हुन् ।
शर्माले माता हेमकला र पिता चन्द्र शर्माको स्मृतिमा कोष स्थापना गरेका हुन् । पत्रकार महासंघ बागलुङमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका शर्माले पहिलो चरणमा दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरे । हरेक दुई वर्षमा अक्षयकोषको व्याजबाट प्राप्त रकमले पत्रकार र अधिकारकर्मीलाई पुरस्कृत गरिने छ ।
‘पचास हजार राशी पुग्नेगरी अक्षयकोष बनाउन थालेका हौं’ शर्माले भने ‘मानवअधिकार र पत्रकारिताको क्षेत्रमा अहोरात्र खट्नेहरुलाई प्रोत्साहन गर्ने लक्ष हो ।’ उक्त रकमको चेक पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरिएको थियो ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...