पर्वत,२४ भदौ – सङ्गीतकार कस्तुप पन्तको ‘प्रताडित’ एल्बममा रहेको गीत ‘दुई किनारा…’ सार्वजनिक भएको छ । आशिष सुवेदीको शब्दमा पन्तको सङ्गीत र प्रमोद खेरलको स्वर रहेको आधुनिक गीति ‘दुई किनारा…’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।
सङ्गीतकार एवम् गायक पन्तले प्रताडितलाई आफ्नै छोराको जन्मदिनको अवसर पारेर मंगलबार मात्रै सर्वाजनिक गरेका हुन् । सुवेदीको शब्द, पन्तको गीतलाई पन्तले आफ्नै म्युजिक कम्पनी सारथीबाट बजारमा ल्याएका छन् भने कस्तुप पन्त युट्युब च्यानल फार्फत सार्वजनिक गरेका हुन् ।
पन्तका यो भन्दा अगाडी सार्वजनिक भयका धेरै आधुनिक गित एबम लोक गित हरुले चर्चा पाइसकेका छन ! पर्बत लिमिठानामा जन्मियका गायक पन्त लामो समय देखि यो क्षेत्रमा कृयाशिल छ्न











































