#
गृह पृष्ठ समाचार रुसले बनायो कोरोनाविरुद्धको भ्याक्सिन

रुसले बनायो कोरोनाविरुद्धको भ्याक्सिन

डब्लुएचओ, बेलायत र अमेरिकाले पत्याएनन्

काठमाण्डौ, २७ साउन– विश्‍वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ । अमेरिका र बेलायतलाई पनि पछि पार्दै रूसले बनाएको भ्याक्सिनको परीक्षण पनि सफल भएको छ । मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गर्दै भने, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएर देशमा देश दर्ता पनि गरेका छौं । मैले मेरा दुईमध्ये एक छोरीमा पहिलो भ्याक्सिन लगाएको छु, उनले भ्याक्सिन लगाएपछि स्वस्थ महसुस गरेकी छन् । रूसी अधिकारीका अनुसार गाम कोभिड भ्याक ल्योए नामको यस भ्याक्सिनलाई पूर्वयोजना अनुसार रूसको स्वास्थ्य मन्त्रालय र नियमन संयन्त्रको अनुमति मिलेको छ । समाचार अनुसार यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइनेछ । रूसले एक महिनाअघि नै यस कुराको संकेत दिएको थियो ।
उसले त्यस बेला नै आफ्नो भ्याक्सिन परीक्षण चरणमा रहेको बताउँदै १० देखि १२ अगस्टबीचमा रजिस्टर्ड गर्ने जनाएको थियो । तर पनि यस भ्याक्सिनलाई लिएर बेलायत र अमेरिकाले भने अझै भरोसा गरेका छैनन् । रूसमा भ्याक्सिनको शूत्र चोरेको आरोप पनि लागिरहेको छ । विश्‍वको पहिलो यो भ्याक्सिनलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार गरेका हुन् । सेप्टेम्बरमा यसको उत्पादन थालेर अक्टोबरमा मानिसमा लगाउन थालिने छ । रूसी समाचार एजेन्सीका अनुसार मंगलवार देशका शीर्ष अधिकारीसँगको बैठकमा राष्ट्रपति पुटिनले भने, ‘जहाँसम्म मलाई थाहा छ, आज बिहान दुनियाँमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट बचाउने एक भ्याक्सिन दर्ता भएको छ ।’
पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुरास को सँग यसबारेमा विस्तृत जानकारी लिएका छन् । मुरास कोले भने, ‘मलाई जानकारी दिए अनुसार यो भ्याक्सिनले कोरोनाविरुद्ध लड्न प्रभावकारी काम गरेको छ । यसले मानिसको शरीरमा एक राम्रो इम्युनिटी पैदा गरेको छ । म दोहोर्‍याएर भन्छु, यसका लागि हामीले सबै किसिमका आवश्यक ट्रायल पूरा गरेका छौं ।’ रूसको रक्षा मन्त्रालयका अनुसार भ्याक्सिन ट्रायलको परिणाम सार्वजनिक गरिएको छ । जसले मानिसको शरीरमा राम्रो रोग प्रतिरोधात्मक क्षमता विकसित गरेको छ । रुसले यो भ्याक्सिनले अहिलेसम्म कसैलाई पनि नराम्रो असर नगरेको जनाएको छ । रूसले कोरोनाको जुन भ्याक्सिन तयार गरिएको छ जसको क्लिनिकल ट्रायलमा शतप्रतिशत सफल भएको छ । ट्रायल रिपोर्ट अनुसार जुन स्वयमसेवकहरुमा यो भ्याक्सिसन दिइएको छ, उनीहरुको शरीरमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास भएको छ ।
विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रूसद्वारा बनाइएको भ्याक्सिनलाई लिएर कयौं शंका जनाएको छ । संगठन भ्याक्सिनको तेस्रो चरणलाई लिएर शंसमा छ। संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमियरले पत्रकार सम्मेलनका क्रममा यदि यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणबिना नै लाइसेन्स दिएर उत्पादन थालिएको हो भने त्यो धेरै खतरनाक हुने बताएका छन् ।

थाहाखवरबाट साभार

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...