#
गृह पृष्ठ सूचना प्रविधि मंगलबार रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना,सतर्क हुन मौसमबिद्को आग्रह

मंगलबार रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना,सतर्क हुन मौसमबिद्को आग्रह

काठमाडौं, २७ साउन –मंगलबार रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज राति मनसुनको न्यून चापीय नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने अनुमान गरिएको हो ।‘आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।उनका अनुसार न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ।मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद् बासीले अहिले ९मंगलबार बिहान ७ बजे० पनि सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताइन्।उनका अनुसार गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। एक(दुई ठाउँमा भारी वर्षा पनि भएको छ।

‘काठमाडौं उपत्यकामा पनि राति ११–१२ बजेदेखि बिहान साढे २ बजेसम्म मध्यम खालको वर्षा भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ।’उनका अनुसार दिउँसो केहीबेर काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना छ। तर अपराह्नपछि पुनः बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।दिउँसोलाई ठूलो वर्षाको सम्भावना खासै छैन तर गण्डकी र ५ नम्बर प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्छ। रातिदेखि भने वर्षाको मात्रा बढ्ने सम्भावना छ।महाशाखाले आगामी २४ घण्टा ९मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ(

‘देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...