पर्वत,२६ साउन –पर्वतको कुस्मा र बागलुङको नारायणस्थान बलेवा जोड्ने बिश्व कै दोस्रो अग्लो बन्जी जम्प हेर्न आउनेको संख्या दिनानु दिन बढ्दै गएको छ । पछिल्लो समय लकडाउन खुकुलो भएपछी पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । दैनिक १५० जना भन्दा बढीले बन्जीजम्प अवलोकन गर्ने गरेको द क्लिफ प्राइभेट लिमिटेडका अध्यक्ष राजु कार्कीले बताए । यहाँ एकपटक आएको पर्यटक पटक पटक आउने गरेको उनको भनाई । बन्जी जम्प मात्रै नभएर अन्य संरचनाहरुको निर्माण गरिएकोले स्थानीय र बाह्य पर्यटकहरको संख्या बृद्धि हुने विश्वास गरिएको छ ।
यसलाई आकर्षक, नमुना लोकप्रिय क्षेत्र बनाउनको लागि कार्की संगै१० जनाको टिमले हालसम्म करिब १४ करोडको लगानी गरिसकेको छ । पर्बत र बागलुङ को सिमाना कालीगण्डकी नदी माथी अवस्थित बन्जी जम्प गर्नेहरुको संख्या बढीरहेको छ ।बिदेशमा लामो समयको अनुभव र नेपाल मै केही गर्न पर्छ भन्ने जोस जागारले गर्दा बिश्व कै नमुनाको रुपमा बन्जी मात्रै नभएर हरेक क्षेत्रलाइ समेटेर संरचनाहरु निर्माण भैरहेका छ । व्यापक लोकप्रिय बनाउन सकिन्छ भनेर रिसोर्ट र गुलेली पिङलाई पनि प्राथमिकताका साथ संचालन गरिएको छ । यस्तै स्काइ साइक्लिङ पनि संचालनको अन्तिम तयारीमा रहेको छ । बन्जी जम्प संगैका यी आकर्षित क्षेत्र हुन सक्ने विश्वास गरिएको छ । गुलेली पिङ खेल्ने दैनिक १०० जना भन्दा बढी आउने गरेका छन । यहाँ संचालन गरिएका नमुना क्षेत्रहरु ले आन्तरिक तथा बाह्य पर्यटन हरुलाइ सहजै आकर्षक गर्न सक्ने अनुमान छ । यी क्षेत्रहरु अहिले बन्जी जम्पको बागलुङ खण्डमा रहेका छन । उक्त बन्जी १२८ मिटर अग्लो र ५२० मिटर लामो पुल संगै रहेको छ ।











































