#
गृह पृष्ठ १५ भदौसम्म विद्यालय र लामो दूरीका यातायात नखोल्न सिफारिस

१५ भदौसम्म विद्यालय र लामो दूरीका यातायात नखोल्न सिफारिस

काठमाडौं, २६ साउन – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सचेत गराएको छ ।सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्न समेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो भने जीवन शैली बदल्न समेत अनुरोध गरेको छ ।

सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जोकोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दूरी कायम गर्न अनुरोध गरेको छ ।

सिसिएमसी बैठकले पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेको भन्दै रोकथामका थप सावधानी अपनाउनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । सिसिएमसीले लामो दुरी सवारी साधन (अन्तर जिल्ला यातायात) तथा बाह्य तथा अन्तरिक हवाई उडान १५ भदौसम्म नखोल्न सरकार समक्ष सिफारिस समेत गरेको छ ।गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि १ भदौदेखि सञ्चालन गर्न अनुमति दिएको थियो ।

सिसिएमसीको बैठकमा भने संक्रमणको बढ्दो स्थिति देखिएको भन्दै तत्काल खुला गर्न नहुने विषयमा छलफल भएको एक सदस्यले बताए । ‘बैठकमा अहिलेको स्थिति विश्लेषण गर्दा संक्रमण बढ्दै गएकाले १५ भदौसम्म खुला गर्न नहुने गरी छलफल भयो तर यो निर्णय मन्त्रिपरिषद्बाट भएकाले स्थितिको विश्लेषण गरेर मन्त्रिपरिषद्ले थप निर्णय गर्न सक्छ,’ एक सदस्यले भने ।

सरकारले यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । तर, लामो दूरीका सवारी साधन, हवाई सेवा तथा विद्यालय भर्ना भने १ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गर्ने भएको छ ।सिसिएमसी बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव पनि गरेको छ ।

राति ९ बजेपछि कडाइ

सरकारले राति ९ बजेपछिको आवतजावतमा कडाइ गरेको छ । कोरोना संक्रमण बढ्दो रहेको भन्दै गृह मन्त्रालयले ९ बजेपछि आवतजावत बन्द गर्न निर्णय गरेको हो ।गृहको निर्णय अनुसार काठमाडौं उपत्यकामा राति ९ बजेपछि आवतजावत ठप्प पारिएको छ । उपत्यकाका ठाउँ ठाउँमा डिभाइडर लगाएर ९ बजेपछि आवतजावत बन्द गर्न थालिएको हो । अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने आवतजावतमा बाधा नगरिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...