#
गृह पृष्ठ राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं।  प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग उहाँले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको ठोकुवा नै गर्नुभएको थियो ।

जनप्रतिनिधिहरुलाई रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएकोमा लामो ब्याख्या सुनाउँदै ओलीले भन्नुभयो, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस् । त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् ।’

विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले त्यहाँ उत्खनन् गर्ने भन्दा शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने बताएको माडीका मेयर ठाकुरप्रसाद ढकालले सञ्चारमाध्यमलाई बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नामै परिवर्तन गरेर अयोध्यापुरी राख्न पनि सुझाउनु भएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...