#
गृह पृष्ठ भोलिसम्मै झरीको सम्भावना भएकाले बाढी र डुबानको जोखिम

भोलिसम्मै झरीको सम्भावना भएकाले बाढी र डुबानको जोखिम

काठमाण्डौ – आज र भोलि झरीको संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उहाँले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।
अर्का मौसमविद् राजु प्रधानाङ्गकाअनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र  सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । आज र भोलि झरी परे पनि पर्सि दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ ।यसैबीच कैलाली, कन्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टिकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रका बासिन्दाले उच्च क्षेत्रमा बस्न आग्रह गरेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...