#
गृह पृष्ठ समाचार ‘चितवनका अस्पताल, दाना उद्योग र ग्यारेजमा कोरोना संक्रमणको बढी जोखिम’

‘चितवनका अस्पताल, दाना उद्योग र ग्यारेजमा कोरोना संक्रमणको बढी जोखिम’

२५ साउन, चितवन । चितवन अहिलेसम्म ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ९ छ । अरु संक्रमितहरू संक्रमणमुक्त भएका छन् ।झट्ट हेर्दा चितवन जिल्लामा संक्रमणको दर तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा निकै कम देखिन्छ । यसले यहाँको प्रशासन, अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर सँगसँगै अन्य जिल्लामा जस्तै समुदायमा संक्रमण फैलिने हो की भन्ने चिन्ता पनि थपिएको छ ।जिल्लाभित्र सार्वजनिक सवारी साधान, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउन थालेका छन् । सानातिना कार्यक्रम लुकिछिपी हुन थालेका छन् । राजनीतिक दलहरुले कार्यकर्ता भेलासमेत गर्न थालेपछि कोरोनाको संक्रमण फैलिन सक्ने त्रास सुरु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राजधानी काठमाडौं जाने मुख्य नाका, वीरगञ्ज र भैरहवा क्षेत्र एवम् त्यसको मुख्य प्रवेश केन्द्र चितवन भएकाले कोरोनाको जोखिममा चितवन पनि परेको बताए । ‘वीरगञ्जमा कम्युनिटीमा नै कोरोना फैंलिन थालेको छ, जनप्रतिनिधिदेखि विभिन्न चिकित्सक र राजनीतिज्ञ कोरोनाबाट संक्रमित बनेका छन्, यसले पक्कै पनि सुरक्षा जोखिम बढाएको महसुस भएको छ,’ प्रजिअ भट्टराईले भने ।जिल्ला विपद् व्यवस्थापन समितिले चितवनका अस्पतालहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सबैभन्दा जोखिममा छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...