#
गृह पृष्ठ स्वास्थ्य पर्वतमा कोरोना संक्रमणको अवस्था बुझ्न ‘कम्युनिटि टेष्ट स्कृनिङ’

पर्वतमा कोरोना संक्रमणको अवस्था बुझ्न ‘कम्युनिटि टेष्ट स्कृनिङ’

पर्वत पर्वतमा समुदायमा संक्रमणको अबस्था बुझ्न ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गरिएको छ । मुलुकका बिभिन्न ठाउँमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पर्वतमा पनि समुदायमा संक्रमणकोे अबस्था बुझ्नका लागि कुस्माबजारमा ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गरिएको हो ।जिल्ला संकट ब्यबस्थापन केन्द्र(सिसिएमसी) पर्वतले कुस्माबजारमा बिभिन्न क्षेत्रमा पेशा, ब्यबसायमा संलग्न भएका ३९ जनाको श्वाब संकलन गरिएको छ । समुदायमा संक्रमणको अबस्था बुझ्नका लागि पनि ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गर्नु परेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौतमले बताउनुभयो ।‘सबै तिर संक्रमण देखिएका कारण जिल्लाको अबस्था बुझ्नका लागि पनि ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गर्न आबश्यकता महसुस गरेका थियौ।’ उहाँले भन्नुभयो‘यसको रिर्पोट आएपछि हाम्रो जिल्लाको वास्ताबिकता बाहिर आउँछ।’ सिसिएमसी पर्वतले कुस्माबजारमा पेशा ब्यबसाय गर्ने, यातयातका साधन सञ्चालन गर्ने, सञ्चार क्षेत्र, सवारी साधन मर्मत गर्ने ग्यारेजका मजदुर लगायतलाई परिक्षण गर्ने निर्णय गरेको थियो ।

जिल्लामा सङ्क्रमितहरुको संख्या १ सय १ जना रहेको छ । जस मध्ये ९८ जना डिस्चार्ज भएका छन भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरुको संख्या ३ रहेको छ। अहिले सम्म पर्वतमा जिल्लामा तेस्रो मुलुकबाट आउने र केही कन्ट्रयाक्ट टे«सिङ्गका क्रममा संक्रमण पुष्टि भएको थियो ।संक्रमित र उनीहरुको सम्पर्कमा आएका ब्यक्ति बाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिनका लागि सजिलो होस भनेर यस्तो परिक्षणको आबश्यकता महसुस भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

शुक्रबार श्वास संकलन गरिएकामा यातयात मजदुर, कपाल काट्ने सैलुन, तरकारी, फलफुल पसल, ट्याक्सी चालक र यातयात मजदुर, ग्यारेजमा काम गर्ने मजदुर, सञ्चारकर्मी, किराना पसल सञ्चालकहरु रहेको कुस्मा नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत यामप्रसाद शर्माले बताउनुभयो ।श्वाब लिनका लागि बोलाइएकाहरुमा कपडा पसल सञ्चालकहरु आएका छैनन । ५० जनाको श्वाब लिने तयारी गरिएपनि ३९ जना मात्रै उपस्थित भएका थिए । पर्वत जिल्लामा भारतबाट ९ सय ७३ जना र तेस्रो मुलुकबाट २ सय ७० जना भित्रिएका छन्। स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार अहिले सम्म पर्वतमा ८३ जना पुरुष र १५ जना महिला गरि ९८ जना डिस्र्चाज भैसकेका छन ।जिल्लामा १ हजार ३ सय ४८ पुरुष र २ सय ३७ महिला गरी कुल १ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय २४ पुरुष र १ सय ६८ महिला गरी ७ सय ९२ जनाको आरडिटी गरिएको छ। हाल प्रि क्वारेनटाइनमा ४८ जना पुरुष र ४ महिला गरी ५२ जना रहेका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...