#
गृह पृष्ठ मेलापत नगरहरुमा प्रसुती प्रतिक्षाघर, गर्भवती, सुत्केरी र कुरुवालाई सजिलोे

नगरहरुमा प्रसुती प्रतिक्षाघर, गर्भवती, सुत्केरी र कुरुवालाई सजिलोे

बागलुङ/चालु आर्थिक वर्ष गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा प्रसुती प्रतिक्षा घर बनाइएको छ । गर्भवती महिला सुत्केरी पुर्व बस्न र सुतकेरी भैसकेपछि कुरुवालाई निशुल्क बस्ने व्यवस्थाका लागि ती प्रतिक्षाघर बनाइएको हो ।
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहयोगमा संचालित सम्बोधन परियोजनाले दुवै घरमा चार÷चार लाख रुपैयाँ सहयोग गरेपछि नगरपालिकाले ६ लाख रुपैयाँको दरले थप गरी १० लाख लागतमा ती घर बनेका हुन् ।
गलकोटमा एकैपटक तीन जना परिवार वा तीन जनाका कुरुवा बस्न सक्छन् भने जैमिनीमा एकैपटक दुइ परिवार बस्न मिल्ने गरी कुरुवा घर बनाइएको हो ।
ग्रामीण क्षेत्र भएकोले प्रसुती व्यथा लाग्नु एक दिन अघिनै गर्भवतीहरु स्वास्थ्य संस्थामा आउनु पर्छ । त्यतिबेला होटल खोज्दा आर्थिक समस्या नपरोस् भनेर परियोजनाले धेरै सेवा संचालन भएका नगर अस्पताल र स्वास्थ्य चौकीमा यस्तो कुरुवा घर बनाउन पहल गरेको अनुगमन अधिकृत सुजन पौडेलले बताए ।
गत असोजदेखि अपरेसन सेवा शुरु भएको गलकोट नगर अस्पतालमा अहिलेसम्म डेढ सय गर्भवतीले प्रसुती सेवा लिएका छन् भने ३७ जनाको अपरेसन भएको छ । सबै गर्भवतीले सुत्केरी हुनुपूर्व र सुत्केरीपछि पनि यहाँ बसेका छन् । उनीहरुको सहयोगी पनि यहाँ बसेर गएका छन् । अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तिमा एक रात कटाएर घर फर्केका छन् । कतिपयले यहाँ ७ दिनसम्म पनि बसेका छन् ।
यो घरले बिरामीको कुरुवा तथा आफन्तलाई निकै सहज भएको छ । ग्रामीण बस्तीबाट आउने गर्भवतीका आफन्त र कुरुवालाई यो घरले निशुल्क सेवा मिलेको हो । अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्ष डेढसय बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । धौलागिरि अस्पताल पछिको धेरै सेवा दिने र धेरै सेवाग्राही आउने अस्पतालमा यो सूचिकृत छ ।
परियोजनाले जैमिनी नगरपालिकाको कुश्मीसेरा अस्पतालमापनि प्रतिक्षाघर बनाएको छ । परियोजनाको ४ लाख र नगरपालिकाको ६ लाख गरी १० लाख रुपैयाँमा यो कक्ष बनाइएको हो । कुश्मीसेराको कक्षमा एकैपटक दुइ जनासम्म बस्न मिल्छ । यहाँ खाने व्यवस्था भने कुरुवा आँफैले गर्नुपर्ने छ । यहाँ अघिल्लो वर्ष २८ जनाले प्रसुती सेवा लिएका थिए ।
यसअघि निसीखोला, बडिगाड, काठेखोला, बरेङ र ताराखोलामा समेत साझेदारीमा प्रसुती प्रतिक्षा घर बनिसकेका छन् । निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकीमा त वर्षमा १ सय २० जनासम्म गर्भवती र उनीहरुका कुरुवाले उक्त घर उपयोग गरेका छन् । प्रतिक्षा घरमा बसेपछि चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएपछि सुत्केरी अवस्थामा आउने जोखिम न्युनिकरण भएको छ । हेलीकोप्टरबाट उद्दार गरेर पठाउने समस्या पनि हटेको छ ।
जैमिनीमा बनेको प्रतिक्षा घरको सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । जैमिनीलाई बालमैत्री बनाउने अभियानमा आएका मुख्यमन्त्रीले नगर अस्पतालको अनुगमन पनि गरेका थिए । उक्त अवसरमा सो प्रतिक्षाघरले महिलाको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भन्दै बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकारपनि सुरक्षा भएको बताए । बालमैत्री अभियानका लागि यो कार्य पनि एउटा सूचक बनेको उनले बताए ।
कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलले आमा र शिशुको स्वास्थ्यमा सम्बोधन परियोजनाको लगानीलाई सबै स्थानीय तह र सरकारी निकायले ग्रहण गर्न सकेमा स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तन संभव हुने बताए । उष्ण प्रदेशिय रोग र विपन्न परिवारलाई आयआर्जनमा जोड्ने काममा पनि परियोजनाले काम गरेको उनले जानकारी गराए । यो प्रतिक्षा घर बनेपछि सेवाग्राही र उनीहरुका कुरुवालाई सहज वातावरण सिर्जना भएको जैमिनी नगर अस्पतालका प्रमुख डा. सुजन शर्माले जानकारी दिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...