#
गृह पृष्ठ मेलापत अर्मादीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अर्मादीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्वत / कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ ।

ट्रकको ठक्करवाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुवै मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए ।

प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ । रासस

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...