#
गृह पृष्ठ मेलापत संविधान संशोधनबारे राजमोको छलफल शुरु

संविधान संशोधनबारे राजमोको छलफल शुरु

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले संविधान संशोधनका एजेण्डाबारे औपचारिक छलफल शुरु गरेको छ । सरकारले पनि संविधान संशोधनको तयारी स्वरुप समिति गठन गरेपछि उक्त पार्टीले औपचारिक रुपमै छलफल थालेको हो ।
जिल्लाका क्रियाशिल राजनीतिक दल, संघसंस्था र कार्यकर्ताबीच छलफल गरेर कस्ता विषय संशोधन गर्ने, कस्ता नगर्ने भन्नेमा सुझाव समेत मागेको छ ।
कार्यक्रममा राजमोका केन्द्रीय सचिव कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै संघियता खारेज, समावेशी समानुपातिक व्यवस्थालाई अझै प्रभावकारी बनाउने र संसदीय व्यवस्थामा आधारित गणतन्त्रको भने रक्षा गर्नुपर्ने बेला आएको बताए ।
राजमोका केन्द्रीय र जिल्ला तहका नेताले पनि अपरिवर्तनीय विषयलाई अध्यादेशबाट परिवर्तन गर्न नपाइने, संवैधानिक विषयमा सरकार निरंकुश बन्न नहुने सुझाव दिए ।
कार्यक्रममा उच्च अदालत बागलुङ बार एसोसिएसनकी अध्यक्ष गीता श्रीषले संविधान संशोधन मात्र नभइ संविधान कार्यान्वयनको प्रश्न पनि रहेको बताइन् । उनले संविधान लेखन गलत हो वा कार्यान्वयन गर्नेहरु गलत हुन्, त्यो स्पष्ट भएमा एजेण्डाहरुमा मात्रै संशोधन गर्न सकिने बताइन् ।
उनले संविधानमा उल्लेख भएअनुसार तीन वर्षभित्र कानून बनाएर मौलीक हक कार्यान्वयन गराउने दायित्वबाट नेतृत्व पछि परेको टिप्पणी पनि गरिन् ।
कार्यक्रममा एमाले सचिव गणेशबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका राजिव घिमिरे, नेपाल कम्प्युनिष्ट पार्टी माओवादीका नेता टेकबहादुर केसी आजाद, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’, धौलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भक्तीराम न्यौपाने लगायतले संविधान संशोधन गर्दा देश र जनतालाई अगाडि राखेर आवस्यकताको आधारमा गर्न सुझाए ।
संविधान संशोधनको नाउँमा राजा ल्याउन नहुने, संविधानका अन्तरबस्तु र मर्मलाई प्रहार गर्न नहुने पनि बताए । राजमो जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटाको स्वागत र जिल्ला सचिव भीमलाल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...