बागलुङ/दुइवटी पत्नि माथी ल्याएकी तेस्रो नम्बरी पत्निले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्निबाटै भयो ।
सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन् । बागलुङको जैमिनी नगरपालिका वडा नं १० को हाडिकोटमा निर्माणाधिन भ्यु टावरमा काम गर्न जाने क्रममा पत्निले अन्य पुरुषको साथ लिएर आफ्नै पतिको हत्या गरेको आरोप लागेको छ । किटानी जाहेरीपछि ती महिला सहित अन्य २ पुरुष पनि पक्राउ परेका छन् ।
सोमबार तीनजना मिलेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउसो ४ बजे हाडिकोट सामुदायिक वन भित्र शव भेटिएपछि ती महिला र दुइ पुरुष मिलेर हत्या गरेको थाहा भएको हो । प्रहरीले घटनास्थल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलवार प्रहरीले तीनैजनालाई सदरमुकाम ल्याएर अनुसन्धान थालिसकेको छ ।
लमजुङ जिल्ला क्वहोलासोथार गाउँपालिका वडा नंं ९ घर भई केही दिनदेखि भ्यु टावरमा काम गर्न आएका ६२ बर्षिय देउबहादुर सार्कीको हत्या भएको थियो । ढुंगाले हानेर बिभत्स रुपमा हत्या भएको अबस्थामा शव फेला परेको थियो । उनको हत्यामा आफ्नै कान्छी पत्नि २६ बर्षिय लक्ष्मी नेपाली पक्राउ परेकी हुन् । हत्या गरेको आरोपमा नेपाली र सँगै कामगर्ने कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ का ३८ बर्षिय राम आकाश विश्वकर्मा र कास्कीकै मादी गाउँपालिका ३ का ५६ बर्षिय दमाइ भनेर चिनिने आसपुरे कामी पक्राउ परेको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
हत्या हुनु अघि उनीहरुबीच झगडा भएको स्थानीयले बताएका थिए । बिहान ७ बजेनै मदिरा सेवन गरी झगडा गर्दै उनीहरु काम गर्ने स्थल तिर जाँदै गरेकोमा दिउसो हत्या भएको प्रहरीको अनुमान छ ।े पक्राउ परेका तीनैजनालाई मंगलवार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको छ । जैमिनी १० को हाडिकोट सामुदायिक वनमा रहेको प्रतिक्षालयमा सोमबार दिउसो उनको शव फेला परेको थियो । स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय बरेङडाँडा र कुश्मीसेराबाट गएको टोलीले घटनास्थलबाट शव उठाएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार बिहानैदेखि छोरेडाँडाखानी भन्ने स्थानमा मृतक र फक्राउ परेका व्यक्तिले रक्सी सेवन गरेको, काम गर्न जाँदा बाटोमै झगडा भएको अबस्थामा उनीहरुले मृतकको टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको अनुमान छ । पक्राउ परेकी नेपाली मृतकी तेस्रो पत्नि हुन् । हाल नेपालीको साथमा २ बर्षक् िछँेरी समेत छिन् । मृतकको जेठी पत्नि तर्फ २ छोरी, र माईली पत्नि तर्फ ६ बर्षको एक छोरा रहेको खुलेको छ ।
मंगलवार प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त घटनाको जानकारी दिंदै जिल्लामा शान्ति सुरक्षा कायम गर्न पनि पहल गर्ने बताएको छ । हालै आएका प्रहरी उपरीक्षक प्रसाईले सूचना प्रवाहलाई चुस्त बनाउने, समाजमा हुने अपराधिक घटना न्युनिकरण गर्ने र आम नागरिकलाई अमनचयन कायम गराउने काममा लाग्ने बताए । ‘मैले यो गर्छु भनेर होइन, गरेर देखाउने पक्षमा छु’ उनले भने, ‘अपराधिक क्रियाकलापमा निर्मम भएर प्रहरी कारवाहीमा लाग्छ ।’ उनले एकीकृत भेरिफाइ सूचना प्रणाली लागू गर्ने पनि बताए । हाल जिल्लाको दरबन्दीमा २० प्रतिशत जनशक्ती कमी भएकोले कतिपय स्थानमा थोरै प्रहरी परिचालन गरिएको र आवस्यकता अनुसार थप गर्ने बताए ।











































