#
गृह पृष्ठ मेलापत दुग्धजन्य पदार्थमा चिस्यानको मात्रा कम, ४ डिग्रि भन्दा कममा भण्डारण गर्न निर्देशन

दुग्धजन्य पदार्थमा चिस्यानको मात्रा कम, ४ डिग्रि भन्दा कममा भण्डारण गर्न निर्देशन

बागलुङ/सदरमुकाम बागलुङ बजारमा सञ्चालित डेरी उद्योगलाई दुग्धजन्य पदार्थलाई व्यवस्थित रुपमा भण्डारण गर्न सरोकारवाला निकायले निर्देशन दिएका छन् । अनुगमनका क्रममा डेरी उद्योगले अव्यवस्थित तरिकारले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि सरोकारवाला निकायले यस्तो निर्देशन दिएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशाला सहितको भ्यान बागलुङ बजारमा आई अनुगमन स्थलमै नमुना परीक्षण गरेको छ । दुग्ध पदार्थको १४ नमुना संकलन गरी परिक्षण गर्दा पारामिटरको आधारमा अखाद्य पदार्थ मिसावट नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले बताए ।
दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकाय जिल्ला प्रशासनको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, प्रहरी, एकीकृत सेवा कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले बिहिबा डेरी उद्योगको अनुगमन गरेका थिए ।
‘‘दुग्धजन्य पदार्थमा मिसावट नपाइएपनि दुधको ओसारपोसार र भण्डारणमा विशेष ध्यान दिन, फ्रिजको तापक्रम शुन्यदेखि ४ डिग्री सेल्सियस कायम राख्न व्यवसायीलाई निर्देशन दिएका छौं’’ लामिछानेले भने । अनुगमनका क्रममा दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएका दूधबारे पनि जानकारी लिईएको थियो ।
बजारका १२ डेरी उद्योगबाट १४ नमुना संकलन गरेर दुधको गुणस्तर जाँच गरिएको थियो । दुधको गुणस्तर हेरेर उद्योगीले रकम भुक्तानी गर्ने हुँदा कतिपय ठाउँका किसानले दुधमा प्रोटिन बढाउन युरियादेखि चिनीको मिसावट गरेको पाइन्छ’’ लामिछानेले भने, ‘‘बागलुङ बजारमा बिक्री भइरहेको दुध मिसावटरहित गुणस्तरीय पाइयो ।’’

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...