#
गृह पृष्ठ मेलापत मनकारी बागलुङ नगरका उप–प्रमुखः तलब सुविधा सामाजिक काममा

मनकारी बागलुङ नगरका उप–प्रमुखः तलब सुविधा सामाजिक काममा

बागलुङ/केही जनप्रतिनिधिले विकास निर्माणका योजनामा अनियमितता गर्दा अख्तियारको फन्दामा परेको समाचारहरु अखबारका हेडलाइन बनिरहँदा यहाँका एक जनप्रतिनिधिले भने आफुले प्राप्त गर्ने तलब सुविधा सामाजिक काममा लगाउँदै आएका छन् ।
बागलुङ नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएपछि राजु खड्काले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने सेवा सुविधा जनसेवामा लगाउने घोषणा गरेका थिए । चुनावी वाचालाई उप–प्रमुख बनेको ८ महिनामै कार्यान्वयन गरेका खड्काले प्राप्त तलब सुविधा विद्यालयमा अक्षयकोषदेखि किरियापुत्री भवन निर्माणमा लगाउँदै आएका छन् ।
खड्काले रामरेखा आधारभूत विद्यालयलाई १ लाख, त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटालाई १ लाख, सिगाना माध्यमिक विद्यालय लामिचौरलाई ४४ हजार, विश्वकर्मा माध्यमिक विद्यालय कालीमाटीलाई ७५ हजार, नेपाल पत्रकार महासंघ बागलुुङ शाखालाई ३५ हजार, कृष्ण प्राथमिक विद्यालय सम्माचौरलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
यस्तै, उपल्लाचौर किरियापुत्री भवनलाई ३५ हजार, मानवसेवा आश्रमलाई १ लाख र राधाकृष्ण मन्दिर संरक्षण, व्यवस्थापन र नित्य पुजाका लागि अक्षयकोष वृद्धिका लागि ३५ हजार रुपैयाँ प्रदान गरिएको खड्काले जानकारी दिए । ‘‘आवश्यकता हेरेर विद्यालयदेखि विभिन्न कोष र संघसंस्थालाई सहयोग गर्दै आएको छु’’ खड्काले भने ।
खड्काले चाडपर्वमा सहिद, बेपत्ता र घाइतेका परिवार, ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएको परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै आएका छन् । खड्काले तलब सुविधाबाट प्राप्त भएको धेरै रकम वितरण गर्न भने बाँकी रहेको बताए ।
शैक्षिक सुधारसंगै सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने, सहिद परिवार, गरिब तथा अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने खड्काको योजना छ । ‘‘जनप्रतिनिधिको सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्न पाउँदा गौरवसंगै सामाजिक उत्तरदायित्व बहन गरेको महशुश हुन्छ’’ खड्काले भने ।
उप–प्रमुखबाट प्राप्त रकमबाट रुद्रेपिपल मावि र रामरेखा आधारभूत विद्यालयले अक्षयकोष बनाएर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । ‘‘अक्षयकोषले गरिबीका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीलाई धेरै राहत मिलेको छ’’ रामरेखा आधारभूत विद्यालयका शिक्षक रेशम गोतामेले भने ।
बागलुङ बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माविले शैक्षिक सुधारका कार्यक्रममा खर्चिने भएको छ । यो विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न उप–प्रमुखबाट प्रोत्साहन स्वरुप प्राप्त रकमले प्रगतिमा थप टेवा पुग्ने प्रधानाध्यापक हरि प्रसाद कँडेलले भने ।
प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...