#
गृह पृष्ठ मेलापत जोखिमको प्रवाह नगरी भिरको मह शिकार

जोखिमको प्रवाह नगरी भिरको मह शिकार

बागलुङ/गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवामा भिर मौरीको मह शिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह शिकार गरिएको हो ।
शनिबारदेखि शुरु भई तीन दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भिर मौरीको मह शिकार गरिएको हो । महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको मह शिकार कार्यक्रममा रमुवाका तारेभिरमा रहेका मौरीका गोलाबाट मह शिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिए ।
रमुवामा परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिदै आएको छ । अनुभवी र स्थानीय दक्ष मह शिकारीले मात्र मह शिकारमा भाग लिएका थिए । “अग्ला भिरपहरामा चढेर मह काढ्नु साहसिक र रोमाञ्चक काम पनि हो”, अध्यक्ष बुढाले भने ।
महोत्सवमा दुई दर्जन शिकारीले मह काढ्दा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको गलकोट नगरपालका वडा नं. ७ मल्मका अध्यक्ष राज थापाले जानकारी दिए । ‘‘मह काढेपछि सबैले प्रसादीस्वरुप ग्रहण गरेपछि सामुदायिक वन समूह र आयोजकलाई हस्तान्तरण गरिएको थियो’’ थापाले भने । त्यो मह बिक्रीबाट वन समूह र क्लबलाई मनग्य आम्दानी हुने थापाको भनाई थियो ।
रमुवाका अग्ला र डरलाग्दा पहरामा भिरमौरी पाइने भएपनि पहिलो पटक महोत्सव गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मह महोत्सवले टेवा पुग्ने क्लबका अध्यक्ष बुढाले विश्वास व्यक्त गरे । रमुवाका स्थानीयले प्रत्येक वर्ष मह काढ्ने गर्छन् ।
मह शिकार अवलोकन गरेपछि गण्डकी प्रदेशका सांसद द्रोर्ण कुँवरले बागलुङको पहिचान बनेको भीर मौरीको मह काढ्ने संस्कृतिलाई उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘‘भिर मौरीको मह शिकार केवल परम्परा मात्र होइन, नेपाली साहस, प्रकृतिप्रतिको सम्मान र समुदायको एकताको प्रतीक हो’’ कुँवरले भने ।
पहरामा चोयाको भ¥याङको सहायतामा झुन्डिएर मह काढ्ने परम्परा विशेषगरी गुरुङ र मगर समुदायको इतिहास र संस्कृतिसँग जोडिएको छ । भीरमा ज्यानको बाजी लगाएर मह काढ्ने साहसिक तथा सांस्कृतिक गतिविधिले स्थानीय परम्परा र प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई झल्काउने अध्यक्ष बुढा बताउँछन् ।
विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले रमुवामा मह सिकार हेर्न आन्तरिक पर्यटकको बाक्लो उपस्थिती रहेको निवर्तमान वडा अध्यक्ष तिक घर्तीले बताउनुभयो । ‘‘भिर मह गाउँको आयआर्जनको माध्यम पनि बन्न थालेको छ’’ घर्तीले भने ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...