#
गृह पृष्ठ राजनीति प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं प्रस्थान

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं प्रस्थान

२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो ।

टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष शिवहरि सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायत छन् ।

प्रतिनिधि मण्डलले शनिवार बेलुकासम्म प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोध्याको प्रसंग, माडीका धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वबारे छलफल गर्नुका साथै माडी कुसुमखोला र सुकुम्बासी चेपाङ समुदायको स्थायी बसोबासलगायतका विषयमा कुरा गरिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

‘हिजो प्रधानमन्त्री ज्यूले माडी अयोध्याबारे छलफल गर्नुपर्ने भो तपाईंसहितको टोली काठमाण्डौं आउनुस् भन्नुभयो, त्यसैले अहिले जान लागेको,’ नगर प्रमुख ढकालले अनलाइनखबरसँग भने ।

गएको असार २९ गते भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले पर्साको ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि भएको बताएपछि अहिले यो विषय चर्चामा छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...