#
गृह पृष्ठ मेलापत प्रहरीले जाँच गर्दा कालिगण्डकी पसेका युवा बेपत्ता, परिवारले गरे सडक अबरुद्ध

प्रहरीले जाँच गर्दा कालिगण्डकी पसेका युवा बेपत्ता, परिवारले गरे सडक अबरुद्ध

बागलुङ / बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका(८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् ।

बागलुङ र पर्वतको सिमानामा पर्ने पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।

बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ ।

टिपरका चालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...