‘बालेन सरकार’ बनाउन विधान संशोधन गर्दै रास्वपा, सांसदहरूसित छलफलको जिम्मा डीपी अर्याललाई
काठमाडौं । नयाँ बन्ने सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा आन्तरिक छलफल तीव्र हुँदै छ । वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लाई भावी प्रधानमन्त्री घोषित गर्दै रास्वपा निर्वाचनमा होमिएको थियो । उक्त पार्टीले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको सिट पाएको छ ।
वरिष्ठ नेता बालेन प्रधानमन्त्री बन्ने भएसँगै रास्वपाको वनस्थलीस्थित घण्टीघरमा नेता–कार्यकर्ता झुम्मिँदै छन् । तर, रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह भने निर्वाचनपछि घण्टीघर पुगेका छैनन् ।
लामिछानेको स्वास्थ्य र कार्यविभाजन
पार्टी कार्यालय पुग्ने नेता–कार्यकर्ताहरू उपसभापति डीपी अर्यालसित भेटघाट गरी फर्किने गरेका छन् । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, अत्यधिक दौडधुपका कारण सभापति लामिछाने त केही दिनयता बिरामी परेका छन् ।
ल्ःद्य द्यबलप
उनी भन्छन्, “भाइरल ज्वरोका कारण सभापति बूढानीलकण्ठस्थित निवासमा आराम गरिरहनुभएको छ । अत्यधिक प्रेसर छ । जनकपुर सभामा जाँदा खुट्टामा लागेको घाउ पनि निको भएको छैन ।”
रास्वपाबाट निर्वाचित एक नेताका अनुसार, रवि र बालेनबीच पार्टी कार्यालयबाहिरै निरन्तर भेटघाट र नयाँ सरकार गठनबारे गृहकार्य र छलफल भइरहेको छ ।
“शीर्ष नेताहरूबीच गृहकार्य र छलफल भइरहेको छ । समानुपातिक क्लस्टर मिलाउने, विधान संशोधन गरेर बालेनलाई प्रधानमन्त्री बनाउने र क्याबिनेट कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको हो,” ती नेताले भने ।
निर्वाचित सांसदसँग डीपी अर्यालको संवाद
उनका अनुसार, रास्वपा कार्यालयमा डीपी अर्यालले नवनिर्वाचित सांसदहरूसँग भेटघाट र संवाद गरिरहेका छन् । ती नेताले भने, ‘‘डीपीजीले अधिकांश समय कार्यालयबाटै भेटघाट गरिरहनुभएको छ । बाहिरी भेटघाट पनि गरिरहनुभएकै छ । बाहिरी जिल्लाबाट निर्वाचित भएका सांसदहरू भेटघाटमा आउनुहुन्छ ।”
रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावल चुनावका कारण थकित अधिकांश नेताहरू यतिबेला आराम गरिरहेको बताउँछिन् । “चुनावपछि पनि अधिकांश नेताहरू जिल्ला जिल्लामै हुनुहुन्छ । केही नेताहरूलाई सञ्चो नहुँदा आराम गरिरहनुभएको छ । सभापतिलाई पनि सञ्चो छैन,” रावलले बाह्रखरीसित भनिन् ।
उनका अनुसार, लामिछानेलाई स्वास्थ्य समस्या देखिएको छ ।
“रवि दाइलाई इन्फेक्सन भएपछि हिजो दिनभर त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा हुनुहुन्थ्यो । उहाँलाई भेनबाट औषधि चलाइएको थियो,” उनले भनिन्, “यद्यपि भौतिक रूपमा भेटघाट नभए पनि पार्टीभित्र संवाद र छलफल भइरहेको छ । समानुपातिक सांसद चयन गरेर पठाउने तयारी भइरहेको छ ।”
बालेनलाई प्रधानमन्त्री बनाउने गृहकार्य हुँदै
बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टी विधान र अन्य प्रक्रियाबारे छलफल भइरहेको जानकारी उनले दिइन् ।
“घोषित रूपमै बालेनलाई प्रधानमन्त्री बनाउने भनिसकेपछि त्यसको प्रक्रियामा लागिसकेका छौँ । उहाँलाई प्रधानमन्त्री बनाउन पार्टीभित्र के–के प्रक्रियाहरू पूरा गर्नुपर्छ रु त्यतातर्फ लागिरहेका छौँ,” उनले भनिन् ।
गत पुस १३ गते लामिछाने र बालेनबीच द्विपक्षीय सहमति भएको थियो । सहमतिको चौथो बुँदामा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।”
समानुपातिक सांसद चयनपछि पार्टीभित्रका सबै प्रक्रिया पूरा गरेर बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाले जनाएको छ । रास्वपाको विधानको धारा ६६ ९८० मा संसदीय दलको नेता चयनसम्बन्धी विशेष व्यवस्था छ ।
प्रतिनिधिसभाको निर्वाचनअगावै पार्टीका साधारण सदस्यहरूको मतदानबाट संसदीय दलको नेता छानिनुपर्ने उल्लेख छ । मेयरबाट राजीनामा दिँदै गत माघ ४ मा बालेन पहिलोपटक घण्टीघर पुगेका थिए । त्यसपछि पार्टीको जनकपुर सभा हुँदै झापातिर लागेका थिए ।
चुनावको समयावधिभर देश दौडाहामा गएका बालेन निर्वाचित भएपछि काठमाडौंमै छन् । तर, कार्यालय पुगेका छैनन् । चुनावअघि बालेनले आफ्ना सल्लाहकार कुमार व्यञ्जनकारको ललितपुरस्थित निवासबाट भेटघाट र संवाद गरेका थिए ।










































