#
गृह पृष्ठ मेलापत ढोरपाटनमा दादुरा प्रकोप फैलियो

ढोरपाटनमा दादुरा प्रकोप फैलियो

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का बालबालिकामा दादुरा रोगको संक्रमण फैलिएपछि यो जनस्वास्थ्य समस्याको बारेमा निकै चर्चा छ । दादुरा रुवेला अन्त्य गर्ने समयमै यो संक्रमण देखिँदा सबै क्षेत्रको चासो र चिन्ता हुनु स्वभाविक हो ।

१० देखि २० वर्ष उमेर समूहका बालबालिकामा देखिएको दादुरा कसरी नियन्त्रण गर्ने एउटा पक्ष हो तर कसरी संक्रमणमा आयो भन्ने अर्को खोजीको विषय हो । बोबाङका ६ जना बालबालिकामा संक्राण्म पुष्टी भएको र ५० बढी बालबालिकामा संक्रमण र लक्षण देखिएपछि स्थानीय तहले त्यहाँका विद्यालय समेत बन्द गरेर नियन्त्रण प्रयास थालेको छ ।

गत साता छिटफुट समस्या देखिएपछि ८ जनाको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ जनामा पुष्टी गरेको थियो । शुक्रबार थपिएका ५ सहित ६ बालबालिकामा दादुरा पुष्टी भएको थियो । बिरामीको आइसोलेसनमा राखेर उपचार गर्न प्रदेश जनस्वास्थ्य कार्यालयले धौलागिरि अस्पतालका चिकित्सकसहित ढोरपाटन नगर स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्यकर्मी समेत मिलेर काम गरिरहेका छन् ।

शनिबारदेखि नै चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले त्यहाँ काम गरिरहेका छन् । ‘गाउँभरी बिरामी भएका बालबालिकामा ज्वरो, रुघाखोकी र शरीरमा बिबिरा देखिएकोले फिल्डमै पुगेर उपचार गर्नुपरेको हो’ कार्यालयका प्रमुख प्रविण शर्माले भने, ‘यो कसरी समस्याको रुपमा आयो भन्ने पनि अनुसन्धान भैरहेको छ ।’ यो घटनापछि विश्व स्वास्थ्य संगठनको विज्ञ टोली समेत आएर अध्ययन गर्ने उनले बताए ।

यो जनस्वास्थ्य समस्याको रुपमा देखिएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । विद्यालय खुल्नु अघिनै संक्रमण रोक्न कार्यालयले प्रयास गरिरहेको छ । ‘आवस्यक औषधी, मास्क र सुइ लगायतको सामाग्री पठाएर उपचार भएको छ’ उनले भने, ‘यो समस्यालाई समयमा समाधान गर्नुपर्ने र अब नदोहोरिने व्यवस्थापन पनि गर्नुपर्छ ।’

गत पुसमा निसीखोलाका एक बालक आफन्त भेट्न ढोरपाटनको बोबाङ गाउँ जाँदा उक्त रोगको संक्रमण फैलिएको प्रारम्भिक अनुसन्धानले भेटिएको प्रदेश शर्माले बताए । ‘ती बालक भारतबाट आएको र आफन्त भेट्न बोबाङ गएको पाइएको छ’ उनले भने, ‘अहिले ती बालक भारत फर्किसकेका छन् ।’ उनले भेटेका निसीखोला गाउँपालिकाका बालबालिकामा यो समस्या हुन सक्ने भएकोले खोजी अभियान थालिने उनले बताए ।

पहिलो चरणमै बोबाङमा ४७ बालबालिकामा दादुराको संक्रमण भएको भेटिएको थियो । अहिले त्यो संख्या अझै बढेको छ । जन्मेको १५ महिनाभित्र दादुरा रुबेला खोप लगाइसक्नुपर्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रोटोकल छ । तर यहाँको बस्ती घुम्ती भएकोले अभिभावकले खोप नलगाएको हो वा अन्य कारण छ त्यो भने अनुसन्धानबाट मात्र खुल्ने जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीको भनाइ छ । संक्रमण भएकाहरु अधिकांस १० देखि २० वर्ष भित्रका छन् ।

पश्चिम बागलुङमा पछिल्लो समय कुष्ठरोग, क्षयरोग लगायतका समस्या पनि देखिइरहेका छन् । यद्यपी समस्या देखिने भन्दा भएका बिरामीको उपचार गरेर निर्मुल पार्ने काम महत्वपूर्ण भएकोले डराउने भन्दा धैर्य गरेर आगामी दिनमा समस्या आउन नदिने महत्वपुर्ण भएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउँछन् ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...