#
गृह पृष्ठ मेलापत चित्रबहादुरको आधार इलाकामै जनमोर्चाको जमानत जफत

चित्रबहादुरको आधार इलाकामै जनमोर्चाको जमानत जफत

बागलुङ/बागलुङ र प्युठान राष्ट्रिय जनमोर्चा (राजमो)को जनआधार भएको जिल्ला मानिन्छन् । तर, यसपटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा राजमोका उम्मेदवारको जमानत समेत जोगिन सकेन् ।

पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको विरासत बोकेको बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाले नेपाल कम्युनिष्ट पार्टीसंग चुनावी तालमेल गरेपनि जमानत जोगाउन सकेन् । केसीको उत्तराधिकारीको रुपमा बागलुङ १ बाट कृष्णप्रसाद शर्मा अधिकारी चुनावी मैदानमा उत्रिएका थिए । दुई पार्टीबीच चुनावी तालमेल गर्दा पनि जमानत नजोगिएपछि कुनै समय बलियो आधार रहेको बागलुङमा राजमोको अस्तित्व जोगाउन चुनौती देखिएको छ ।

२०७९ को चुनावमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एससहितको गठबन्धनबाट बागलुङ १ बाट चित्रबहादुरले चुनाव जितेका थिए । यसपटकको आम निर्वाचनमा राजमो चौथो स्थानमा खुम्चियो । चुनाव जितेका रास्वपाका सुशील खड्काले २० हजार ९ सय २७ मत प्राप्त गर्दा अधिकारी चौथो हुँदै ४ हजार ५ सय २१ मत मात्रै प्राप्त गरे ।

अधिकारीले पाएको मतले जमानत जोगाउन सकेन । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था अनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन ४ हजार ७ सय ६ मत ल्याउनुपर्ने थियो । समानुपातिकतर्फ पनि जनमोर्चाले निकै कम मत पाएको छ । समानुपातिकतर्फ क्षेत्र नं. १ मा ३ हजार ५ सय ९७ मत लिएर पाँचौं हैसियतमा पुगेको छ ।

प्रत्यक्षतर्फ दोस्रो हुने कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९ सय ४४, एमालेका हिराबहादुर केसीले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...