#
गृह पृष्ठ मेलापत बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङ/जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।
आइतबार बेलुकी गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नं. २ मा १४ हजार २ सय ६४ मत गरी ३७ हजार १ सय २३ मत ल्याएको छ । दोश्रो हुने कांग्रेसले क्षेत्र नं. १ मा १० हजार १ सय ८५ र क्षेत्र नं. २ मा ११ हजार ३ सय १० गरी २१ हजार ४ सय ९५ मत पाएको हो ।
एमालेले क्षेत्र नं. १ मा ७ हजार १ सय ४७ र क्षेत्र नं. २ मा ७ हजार १२ गरी १४ हजार १ सय ५९ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ९ सय १९ र क्षेत्र नं. २ मा ७ हजार १ सय ९४ गरी ९ हजार १ सय १३ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा ३ हजार ५ सय ९७ र क्षेत्र नं. २ मा ३ हजार २ सय ३८ गरी ६ हजार ८ सय ३५ मत पाएको हो । राप्रपाले क्षेत्र नं. १ मा ९ स य ४३ र क्षेत्र नं. २ मा २ सय ७४ गरी १ हजार २ सय १७ मत मात्रै पायो । उम्मेदवार नभएको श्रम संस्कृति पार्टीले भने १४ सय ५ मत पाएको छ । अन्य दलको मत भने नगन्य छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...