#
गृह पृष्ठ मेलापत बागलुङ -१ मा राप्रपा कल्याणले ल्याएको उभार

बागलुङ -१ मा राप्रपा कल्याणले ल्याएको उभार

बागलुङ/ आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ को चुनावी समिकरणमा निकै रोचक परिवर्तन देखिएको छ। विगतमा नेपाली कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाको वर्चस्व रहेको यस क्षेत्रमा यसपटक राप्रपा र रास्वपा प्रतिस्पर्धिका रुपमा देखिनेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक सुदृढ र वैकल्पिक शक्तिको रूपमा उदाउँदा चुनावी प्रतिस्पर्धा बहुपक्षीय बनेको छ।
पुराना दलहरूबीचको गठबन्धन र आन्तरिक असमझदारीका बीच राप्रपाले अघि सारेका एजेन्डा र नयाँ नेतृत्वले गर्दा यस क्षेत्रको परम्परागत राजनीतिको धार परिवर्तन हुने संकेत देखिएको छ। रास्वपाले राष्टिय माहोलको फाईदा लिने देखिन्छ भने राप्रपा मसिनोगरी सर्वसाधारणको दैलोमा पुगेको पाईएको छ ।
​राप्रपाले यस निर्वाचनमा एम.बि.एम, बिबिए र एल.एल.बिसम्मको उच्च शैक्षिक योग्यता भएका बौद्धिक व्यक्तित्व कल्याण विक्रम आचार्यलाई उम्मेदवार बनाएपछि चुनावी चर्चा चुलिएको छ। पूर्व सञ्चारकर्मी, उपन्यासकार र व्यवस्थापन एवं उद्यमशीलता विकासको क्षेत्रमा लामो अनुभव सँगालेका आचार्यको प्रोफाइलले गर्दा उनलाई यस क्षेत्रको एक ुप्रोमिनेन्टु ९प्रमुख० उम्मेदवारको रूपमा हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा रहे पनि आचार्यको व्यक्तिगत योग्यता र स्पष्ट भिजनका कारण राप्रपाको स्थिति अन्य नयाँ दलहरूको तुलनामा निकै मजबुत देखिएको छ।
​बागलुङ, १ मा यसपटक नेपाली कांग्रेसका भीमबहादुर श्रीस, नेकपा एमालेका हिराबहादुर केसी र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी चुनावी मैदानमा छन्। तर, व्यवस्थापनको पृष्ठभूमि भएका आचार्यले अघि सारेको आर्थिक समृद्धि र उद्यमशीलताको एजेन्डाले युवा र पढे,लेखेका मतदाताहरूमाझ ठूलो प्रभाव पारेको छ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...