#
गृह पृष्ठ मेलापत कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो

कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो

पर्वत- पर्वतका सात स्थानीय तहमध्ये पैयूँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार पैयूँ  गाउँपालिका जिल्लाकै पहिलो भएको हो । पैयूँ गाउँपालिका ६९.७५ अंक सहित पहिलो हुँदा ४५ दशमलब.१३ अंक प्राप्त गरेको कुश्मा नगरपालिका अन्तिम स्थानमा परेको छ । तथ्यांक अनुसार जलजला गाउँपालिका  ६६.९० अंकसहित दोस्रो हुँदा माहाशिला गाउँपालिका ५९.०० अंकसहित तेस्रो स्थानमा छ ।

त्यसैगरी बिहादी गाउँपालिका ५५.३३ अंकसहित चौथो, फलेवास नगरपालिका ५४.५९ अंकसहित पाँचौँ र मोदी गाउँपालिका ५०.९५ अंकसहित छैटौं स्थानमा रहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ । १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, आर्थिक वर्ष वि.सं. २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ ।
यसैगरी, आगामी आर्थिक बर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु सुत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदीलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...