#
गृह पृष्ठ विशेष बसाईसराईले पर्वतका वस्तीहरु रित्तिदै

बसाईसराईले पर्वतका वस्तीहरु रित्तिदै

पर्वत । आर्थिक वर्ष   ०८१ /०८२  मा  पर्वतको फलेवास नगरपालिकाबाट  पाँच सय  पच्चीस जना  बसाई सरी गएका छन । जसमा   जम्मा  १सय ५३ घर बसाई सरी  गएका हुन । भने  बसाई सरी आउनेमा ३३ जना रहेका छन ।   ११  वडा रहको नगर पालिकाबाट चालु वर्षमा धेरै परीवार सँख्या बसाई सरेर गएका  हुन । भने थोरै वसाई सराई हुने वडा  पाँच रहको छ । आसन्न  निर्वाचनको वर्ष  भएका कारण पनि मताधिकार बसेकै स्थानबाट उपायोग गर्न तथा अन्य सेवा सुविधाको लागी बाहीरीने को दर बढेको हो । शिक्षा, स्वाथ्य, यातायात र रोजगारीको अवसरको खोजीमा नगरपालिका बाट बाहीरीनेको दर बढदै जान थालेको भन्दै स्थानीयवासीहरुले  चिन्ता व्यक्त गरेका छन ।

नगरपालीकाले दिएको जानकारी अनुसमार नगर पालिकाको  वडा न  एक कार्कीनेटामा २ जना बसाई आएका छन भने ३५ जना वसाई सराई गरी गएका छन  । यसै गरी थापाथानामा ८ जना बसाई आएका छन भने  ३५ जना वसाई गएका छन । यस्तै शंकर पोखरीमा ३ जना बसाई सराई आएका छन भने  ८४ जना बसाई सराई गरी गएका छन । यस्तै मुडीकुवाबाट   बसाई सराई जानेको संख्या  २९  रहेको छ । खानी गाउँमा   यसरी जनेको संख्या २१ रहको हो ।

यसै गरी देवीस्थानमा १७ जना वसाई आएका छन भने  ५९ जना बसाई गएका हुन ।  लिमिठानामा १८ जना बसाई सरी आएका छन भने  ४१ जना गएका हुन । ठानामौलामा ३३ जना बसाई सरी गएका छन । भंगारमा  १जना बसाई आएका छन  भने  ५९ जना बसाई गएका छन । कुर्घामा  ४ जना बसाई सरी आएका छन भने  ५० जना बसाई गएका छन । वडा ११ पाङराङमा  ७ जना बसाई सरी आएका छन भने  ७९ जना बसाई सरी गएका छन । नगरका पन्जीकाअधिकारी ऋषि राम  शर्माका अनुसार यो वर्ष मात्रै  एक सय ५३ घर परीवार नगर पालिकाबाट बसाई सराईको प्रमाण पत्र लिएर सरेका छन  ।

बसाई सराई दर बढनुमा नगरमा रोजगारीका  अवसर नहुनु पहीलो कारण रहेको नगरको दावी  छ ।  २४ हजार  ६ सय  ७८ जनसंख्या भएको नगर पालिकाबाट सय भन्दा बढी परीवारका  पाँच सय भन्दा बढी संख्यामा  बसाई सर्नुले  धेरै  जनसंख्या समेत बाहीरीएको   छ । पहाडी  भेगको सदरमुकाम पछिको दोस्रो नगर पालिका रहेको फलेवासमा  दोस्रो कार्यकालको तेस्रो   वर्षमा बसाई सराईको दर बढी देखीएको नगर पालिकाले जनाएको  छ । गाउँ गाउँमा सिँहदरबार आएर विकासे गतिविधिहरु गरेको नगरले जनाएको भएपनि   धेरै घर परीवार बासाई सराईले सर्वसाधरणलाई विकासे गविधिहरुले नसमेटेको देखिन्छ ।

विकासको प्रथामीकतामा जनताको आवश्यक्ता  भन्दा पनि जनप्रतिनिधिको महत्वकाँंछा बढी हुने पुर्वाधारको विकासलाई प्रथामीकता दिँदा शिक्षा, स्वाथ्य ,आय आर्जनका बाटाको खोजीका लागि पनि धेरै जनसंख्या बसाई सराई गर्नेको दर बढी रहेका हो । महेन्द्र जिसीले तयार गर्नुभएको समाचार पर्वत समाचारबाट साभार गरिएको

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...