#
गृह पृष्ठ समाचार पर्वतमा कुष्ठरोगीको संख्या घट्दै

पर्वतमा कुष्ठरोगीको संख्या घट्दै

पर्वत-पर्वत जिल्लामा पछिल्ला केहि वर्ष यता कुष्ठरोगीको संख्या घट्दै गएको पाईएको छ ।

अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । उनिहरु चारैजना उपचाररत रहेका छन् । जस मध्ये तीन जनाले प्रदेश अस्पताल पर्वतवाट नियमित उपचार तथा औषधी सेवन गरिरहेका छन् भने एक जनाले विहादीमा रहेको स्वास्थ्य केन्द्रवाट औषधी सेवन गर्दै आएको कार्यालयले जनाएको छ ।
७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रियामा आर्थिक वर्ष २०७९÷८० मा १५ जना कुष्ठरोगी रहेकोमा उनिहरु निको भैसकेका छन् भने आर्थिक वर्ष २०८०÷०८१ म ६ जना नयाँ पत्ता लागेका थिए । चालु आर्थिक वर्षमा ६ महिना सम्म चार जना पत्ता लागेकोमा उनिहरु सवै उपचाररत रहेको कार्यालय प्रमुख बद्रीराज आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय जनचेतना अभिबृद्धि हुँदै जानु, जाँच तथा खोजपड्तालको कार्यक्रम कम हुनु लगायतका कारणले पनि कुष्ठरोगीको संख्या घट्दै गएको देखिन्छ । कुष्ठरोगको जाँच तथा खोजी कार्य निकै झण्झटिलो समेत रहेको छ भने अर्कोतर्फ बिरामीहरु खुल्न नचाहाने र समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या भएको पर्वत अस्पतालका डा. मिलन अवालेले बताउनुभयो ।
धार्मिक ग्रन्थले गरेको व्याख्या र सामाजिक दृष्टिकोणका कारण रोग लुकाउने समस्या समाजमा व्याप्त रहेको उहाँको भनाई छ । कतिपय विरामीहरु सम्पर्कमा आउन नचाहेको पनि देखिएको छ ।
कुष्ठरोग निवारणका लागि नयाँ कुष्ठरोगीहरुको पहिचान गर्ने, उपचार गराइसकेका ठाउँहरुमा फेरि जाँचबुझ गर्ने, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गर्ने र समयमै नागरिकलाई सुसूचित गराउँदै आएको कार्यालय प्रमुख आचार्यको भनाई छ ।
कुष्ठरोगको बारेमा समाजमा अझैपनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्न सके कुष्ठरोग निको हुने डा. अवालेले बताउनुभयो । सदरमुकाम कुश्मा आसपासनै बिरामीहरु रहेकोले जनचेतनासँगै बिरामीहरुको उपचार गराउने उदाशिनताका कारण यो रोग निर्मुल पार्न नसकिएको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जुनसुकै रोग लागेपनि व्यक्ति संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो । कुष्ठरोगलाई पनि अन्य रोगहरुसरह हेर्नुपर्ने बताउँदै यसका लागि समाजमा सचेतना फैलाउन जरुरी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बालकृष्ण श्रेष्ठ, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत तेजप्रसाद सुवेदी र संचालन नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।

 

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...