#
गृह पृष्ठ मेलापत न्यू एभरेष्ट एकेडेमीको २० औं वार्षिकोत्सव: विद्यार्थीले तयार गरेका ‘खानाका परिकार’देखि ‘फेसन...

न्यू एभरेष्ट एकेडेमीको २० औं वार्षिकोत्सव: विद्यार्थीले तयार गरेका ‘खानाका परिकार’देखि ‘फेसन सो’सम्म

न्यू एभरेष्ट एकेडेमी बागलुङको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहिबार मनाईएको छ ।
वार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षिक गुणस्तरको हिसाबले न्यू एभरेष्ट एकेडेमी जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको बताए ।
गत सालको एसर्ईईमा यस विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको चर्चा गर्दै उनले विद्यार्थीलाई व्यवहारिक र नैतिकवान बनाउनुपर्नेमा जोड दिए ।
विद्यार्थीलाई नैतिकवान र चरित्रवान बनाउनका लागि विद्यालयको महत्वपुर्ण हात रहने भएकोले किताबी ज्ञान मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक शिक्षामा पनि विद्यालयले जोड दिनुपर्ने पोखरेलले बताए । पोखरेलले नेपालमा जस्तो प्रतिस्पर्धा गर्न सक्ने शिक्षा अन्य मुलुकमा नभएकोले गुणस्तरिय शिक्षाको लागि विदेशिनु नपर्ने चर्चा गरे ।
सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि विद्यालयले सक्दो मेहेनत र परिश्रम गरिरहेको बताए । विद्यालयमा हाल ४ सय ९० जना विद्यार्थी अध्यनरत रहेको अधिकारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमले विद्यालयले गरेको मेहेनत अनुसार विद्यार्थी र अभिभावक पनि सहयोगी भएकाले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल बनेको चर्चा गरे । उनले आगामी दिनमा विद्यालयलाई अझै ब्यवस्थापनका साथ थप मजबुत बनाउनेमा जोड दिए ।
कार्यक्रममा अभिभावक कृष्णबहादुर नेपाली, विद्यार्थी अनुष्का कँडेल, आरोह पोखरेल, दिव्या गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यार्थीले आफैले तयार गरेका विभिन्न खानाका परिकार समावेश भएको चारवटा स्टल समेत राखिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको नृत्य प्रस्तुत, विद्यार्थीको फेसन सो लगायतका कार्यक्रम समेत प्रस्तुत भएका थिए ।
कार्यक्रम अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक प्रवेश मुखिया र अनुस्का कँडेलको स्वागत तथा शिक्षिका सनम खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...